रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू चितवन आएका हुन्। तर, चितवनमा भेटिएका शवबाट कुनै पनि पहिचान हुन सकेको छैन।फेसबुकमा मिलन शाही नाम गरेका कन्टेन्ट क्रियटरले हिजो एउटा उद्धारको भिडियो सार्वजनिक गरेका छन्। जसमा घाँटी तलको भाग जमिनमुनि पुरिएको अवस्थामा एक व्यक्ति देखिएका छन्। भिडियोमा उनी जिउँदै देखिन्छन्। मुन्टो हल्लाइरहेका छन्। प्रहरीले उद्धारको प्रयास गरेको पनि देखिन्छ।

त्यो भिडिओ हेरेर छोरा खोज्दै चितवन आइपुग्नु भएकी ताम्रुन खातुन रोइरहनु भएको छ।डेढ महिना अगाडि काम गर्न १६ वर्षका राहुल मिया रसुवा पुगेका थिए। उनी भन्सार छेउमा मासु पसल र किराना पसलमा काम गर्थे। ९ गते बेलुका रसुवा भोटेकोसीमा आएको बाढीमा परेर उनी सम्पर्कविहीन भए। अहिले परिवार खोजीका लागि चितवन आइपुगेका छन्।आमा खातुनले भिडिओ देखिए पनि छोरा कहाँ भएको थाहा नपाएको बताउनु भयो। उहाँ छोरा खोजिरहनु भएको छ। कहाँ जाने मेसो नपाएका उहाँहरू चितवनमै बसिरहनु भएको छ।

त्यसैगरी, २० वर्षका सप्राज मियाकी आमा सैमुल्यासा मिया पनि भरतपुरमै अन्योल भएर बसिरहनु भएको छ। खगेन्द्र जैसीले सशस्त्र प्रहरीसहित फेसबुकमा राखेको एउटा भिडियोमा देखिएको शव उहाँकी आमा सैमुल्यासाले पहिचान गर्नु भएको छ। तर, उहाँको शव कहाँ देखिएको हो थाहा छैन। शव कहाँ खोज्न जाने मेसो छैन।उनी रसुवामा मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका थिए। कहाँ गए, छोरा भेटिन्छन् कि भेटिँदैनन्, थाहा नभएको मिया बताउँनु हुन्छ।एकै टोलका अरू तीन जना १६ वर्षका सर्ताज आलम, २१ वर्षका साहबोदिन मन्सुरी र १७ वर्षका समिम मिया बेपत्ता छन्।भरतपुरमा भेटिएका २ सय ३३ मध्ये कुनै शव पनि आफ्ना छोराहरूको नभएको साहबोदिन मन्सुरीले बताए। उनीहरू छोराहरू खोज्न कहाँ जाने भन्नेमा अन्योलमा छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय

झापामा तस्करी बढ्दो, ४० दिनमा २ करोड २४ लाखको सामान बरामद

झापा, भदौ १३ । झापाको सिमानामा केही दिनदेखि व्यापक तस्करी हुन थालेपछि सुरक्षा समितिको बैठकले ध्यानाकर्षण गराएको छ ।पूर्वी नाका काँकडभिट्टाबाट ठूलो मात्रामा लगातार तस्करी

बुद्ध एयरले हवाई भाडा नबढाउने, राहत सामग्री निःशुल्क ढुवानी

काठमाडौं,१३ भदौ । बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद