दमकको आरके फेसनमा किन आए ‘कुल बोइ’ पासरबम ठकुरी ?

दमक, १४ भदौ। चर्चित कलाकार पारसबम ठकुरी दमकमा रहेको आरके फेसन स्टोरमा देखिएपछि उहाँका प्रशंसकको भीड लागेको छ।आरके फेसन स्टोरको १५औँ वार्षिकोत्सवको अवसरमा खड्का दमक आउनु भएको हो । उहाँ दमक आउने जानकारी आरके फेसन स्टोरका सञ्चालक आरके थापाले केही दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । त्यसपछि कुलबाईलाई प्रत्यक्ष भेट्ने र तस्वीर खिचाउने चाहनाले उहाँका प्रशंसकहरू आरके फेसन स्टोरमा भेला भएका थिए।स्टोरमा पुगेका कुलबोईसँग प्रशंसकहरूले नजिकै गएर कुराकानी गर्नुका साथै तस्वीरसमेत खिचाएका थिए।

आरके फेसन स्टोरमा डाक्टर डेनिम ब्रान्डका कपडासमेत उपलब्ध छन्। यही कारण डाक्टर डेनिमको टिमसमेत कुलबोइ सहित दमक आएको थियो। कुलबोई स्वयं डाक्टर डेनिम कम्पनीसँग आबद्ध हुनुहुन्छ ।हाल देशका विभिन्न क्षेत्रमा बाढीका कारण विषम परिस्थिति सिर्जना भइरहेका बेला कुलबोई भने आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने सन्देशसहित आरके फेसन स्टोर पुग्नु भएको थियो । उहाँले केहि दिन अघी मात्रै प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग गरीसक्नु भएको छ ।

वार्षिकोत्सवलाई सहयोगको अवसर बनाउँदै

आरके फेन्सिले आफ्नो वार्षिकोत्सवलाई केवल व्यापारिक उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने घोषणा गरेको छ।आरके फेसनले भदौ १३, १४ र १५ गतेलाई आफ्नो वार्षिकोत्सव मनाउने दिनका रूपमा राखेको छ। यी तीन दिनमा हुने बिक्रीबाट प्राप्त आम्दानीको केही हिस्सा बाढीपीडितका लागि सरकारको खातामार्फत सहयोग गर्ने घोषणा गरिएको छ।

सानो पसलबाट तीन स्थानसम्म

दमकमा एउटा सानो पसलबाट सुरु भएको आरके फेन्सी अहिले आफ्नो व्यवसाय विस्तार गर्दै दमकका तीन स्थानमा पसल सञ्चालन गर्न सफल भएको छ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, वरिष्ठ उपाध्यक्ष भगवान बस्नेत, प्रथम उपाध्यक्ष रुवल अधिकारीलगायत विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्व, ग्राहक तथा शुभेच्छुकहरूको कार्यक्रममा उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका अध्यक्ष गुरागाईंले आरके फेन्सीले छोटो समयमै हासिल गरेको व्यावसायिक सफलताको प्रशंसा गरे। सानो पसलबाट सुरु भएको व्यवसाय आज दमकका विभिन्न स्थानमा विस्तार हुनु निरन्तरको मेहनत, संघर्ष र ग्राहकको विश्वासको परिणाम भएको उहाँलले बताउनु भयो ।

५ वर्षअघि ७ लाखबाट सुरु भएको यात्रा

आरके फेन्सी स्टोरको यात्रा करिब १५ वर्षअघि दमकको देवकोटा चोकमा ७ लाख रुपैयाँ लगानीमा सुरु भएको थियो। अहिले यो व्यवसाय दमकका तीन स्थानमा विस्तार भएको छ।
आरके फेन्सीले हालसम्म ४ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको सञ्चालक आरके थापाले बताउनु भयो । थप दुईवटा पसल दमकको फर्निचर लाइन र घिमिरे मार्केटको क्षेत्रमा समेत सञ्चालनमा रहेका छन् ।

नेपाली ब्रान्डका कपडालाई नेपाली उपभोक्तामाझ सहज र सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको आरकेले छोटो समयमै आफूलाई रेडिमेड कपडाको व्यवसायमा स्थापित नामका रूपमा उभ्याउन सफल हुनु भएको छ ।
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आउनु भएका सञ्चालक थापाले यस वर्षको वार्षिकोत्सवलाई बाढीपीडितको सहयोगमा समर्पित गर्ने घोषणा गरेसँगै यसको १५ वर्षे यात्राले एउटा सामाजिक सन्देशसमेत दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको आरके फेसनमा किन आए ‘कुल बोइ’ पासरबम ठकुरी ?

दमक, १४ भदौ। चर्चित कलाकार पारसबम ठकुरी दमकमा रहेको आरके फेसन स्टोरमा देखिएपछि उहाँका प्रशंसकको भीड लागेको छ।आरके फेसन स्टोरको १५औँ वार्षिकोत्सवको अवसरमा खड्का दमक

विपद्मा सरकारसँगै छौँ, तर कमजोरीमा खबरदारी गर्छौँ : गगन थापा

काठमाडौं , भदौ १४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख

शिक्षक मृत्यु, कुटपिट गरी हत्या गरिएको परिवारको आरोप

भोजपुर,१४ भदौ। भोजपुरको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लागेको

रसुवामा कार्यरत भोजपुरका ४ जना सम्पर्कविहीन

भोजपुर,१३ भदौ । भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी

बाढीपीडितका लागि राहत बोकेर नुवाकोट पुगे मिराज ढुंगानासहितको टोली

काठमाडौं , भदौ १४ । जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा

भेनमा लुकाएर ल्याइएको ५ लाखको हुक्का फ्लेवर बरामद

झापा, भदौ १४ । अवैध सामानको ओसारपसार नियन्त्रणमा लगातार खटिदै आएको सशस्त्र प्रहरीले आज बिहान भेनसहित ५ लाखको अवैध सामान बरामद गरेको छ ।बिहान ७.१०