७ लाखबाट सुरु भएको आर के को व्यवसायीक यात्रा यसरी बन्यो करोडौको लगानी

दमक, १४ भदौ । जान्नेका लागी व्यवसाय एक एक एघार हो । नजान्नेकालागी व्यवसाय एक मा एक सुन्य पनि हो ।
हो यो वाक्य दमकका आर के थापासग मेल खान्छ । उहाँले विदेशमा गएर काम गर्नु भएको थियो । विदेशमा उहाँले समयको महत्व बुझ्नु भयो, आफ्नो जिम्मेवारी कसरी बहन गर्ने भन्ने जान्नु भयो अनी काममा निरन्तर्ता दिदा के सम्म हुन्छ भन्ने पनि उहाँले सिक्नु भयो ।

 

त्यही अनुभवलाई उहाँले स्वदेश फर्केपछि प्रयोग गर्नुभयो ।१५ वर्ष अघी दमकको देवकोटा चोकमा कपडाका पसलहरु निकै कम मात्रै थिए । यो लाईननै फर्निचर लाईन भनेर परिचीत थियो । बिभिन्न टिनका वक्साका पसल तथा अन्य किचनका सामानहरुको खुद्रा दोकानहरु रहेका थिए । तर थापाले यही ठाउँमा आर के फेन्सी स्टोर खोल्नु भयो । सुरुमा ७ लाखबाट सुरु भएको यो थापाको व्यवासायीक यात्रा कस्तो थियो त ?

कोहि यस्तै कपडा पसल खोलेर चलाउनै सकेका छैनन । बन्द गरेर पलायन समेत भएका छन् । कसैले केहि लाखबाट सुरु गरेको व्यापार करोडौ सम्म पुर्याएका छन् । ती मध्येको एक हुनुहुन्छ थापा । उहाँले व्यापार बाहेक अन्त नजर लगाउनु भएन । बिहान ७ बजे देखी रातको १० बजे सम्म । हरेक दिन उहाँले आफ्नो व्यापार मात्रै सोच्नु भयो । त्यसैले त यो १५ वर्षको यात्रामा दमकमै तीन वटा वटा त्यो पनि भव्य पसलहरु खोल्न सक्नु भएको छ । अहिले उहाँको तीन वटा पसलमै गरेर ४ करोड बढिको लगानी भइसकेको छ भने उहाँको यो व्यवसायबाटै २० जना भन्दा बढिले रोजगार समेत पाएका छन् ।

निरन्तर मिहनत , ग्राहकप्रति मिजासिलो व्यवहार, ग्राहकका हरेक मागलाई पुरा गर्न सक्ने क्षमतालेनै आर के थापालाई अहिले यो उचाईमा पुर्याएको हो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लाङटाङ केरूङभोटेकोशी बाढी : उद्धारमा ढिलाइ, ७३५ जनाको मृत्यु, २ हजार ४३६ अझै बेपत्ता

काठमाडौं ,१४ भदौ। भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखा जिल्ला

भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् ।

प्रहरीको दुई सहित ९ जनाको पहिचान(नामावलीसहित)

रसुवा ,१४ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीहरूले २५९ वटा शव सङ्कलन गरेका

दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न एनआरएनए पूर्वउपाध्यक्ष साहको अपिल

काठमाडौँ , भदौ १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष सुनील साहले गत २६ अगस्टमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि

‘अगाडि मृत्युको डर, पछाडि भीषण बाढी’ : इन्जिनियरको कहालीलाग्दो अनुभव

नुवाकोट , भदौ १४। रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरूले आफूले भोगेको भयावह क्षण सुनाएका छन् ।बाढीबाट बच्ने

७ लाखबाट सुरु भएको आर के को व्यवसायीक यात्रा यसरी बन्यो करोडौको लगानी

दमक, १४ भदौ । जान्नेका लागी व्यवसाय एक एक एघार हो । नजान्नेकालागी व्यवसाय एक मा एक सुन्य पनि हो । हो यो वाक्य दमकका