दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न एनआरएनए पूर्वउपाध्यक्ष साहको अपिल

काठमाडौँ , भदौ १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष सुनील साहले गत २६ अगस्टमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत तथा उद्धारमा हातेमालो गर्न संसारभर छरिएर रहेका नेपालीलाई अपिल गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व उपाध्यक्ष साहले बाढीका कारण ठुलो जनधनको क्षति भएको, धेरैले ज्यान गुमाएको र हजारौँ परिवार प्रभावित भएको भन्दै दुःख व्यक्त गरे ।

विदेशमा रहे पनि मातृभूमिसँगको नाता र जिम्मेवारी सधैँ कायम रहने उल्लेख गर्दै उनले विपत्तिको यो समयमा नेपाललाई सबैको साथ, सहयोग र सद्भावको आवश्यकता रहेको बताए ।आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गर्न आह्वान गर्दै साहले सानो योगदानले पनि पीडित परिवारका लागि ठुलो सहारा पुग्ने विश्वास व्यक्त गरे । सहयोग रकमलाई पारदर्शी र सही ठाउँमा पु¥याउनका लागि नेपाल सरकारको ‘एकद्वार प्रणाली’ नीतिअन्तर्गत सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहजीकरण गर्न उनले सबैमा आग्रह गरेका छन् ।त्यसका लागि उनले सरकारको आधिकारिक त्तच् ऋयमभ समेत आफ्नो सामाजिक सञ्जालमार्फत शेयर गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लाङटाङ केरूङभोटेकोशी बाढी : उद्धारमा ढिलाइ, ७३५ जनाको मृत्यु, २ हजार ४३६ अझै बेपत्ता

काठमाडौं ,१४ भदौ। भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखा जिल्ला

भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् ।

प्रहरीको दुई सहित ९ जनाको पहिचान(नामावलीसहित)

रसुवा ,१४ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीहरूले २५९ वटा शव सङ्कलन गरेका

दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न एनआरएनए पूर्वउपाध्यक्ष साहको अपिल

काठमाडौँ , भदौ १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष सुनील साहले गत २६ अगस्टमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि

‘अगाडि मृत्युको डर, पछाडि भीषण बाढी’ : इन्जिनियरको कहालीलाग्दो अनुभव

नुवाकोट , भदौ १४। रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रमा आएको बाढीबाट ज्यान जोगाएर विदुर आइपुगेका प्राविधिक तथा इन्जिनियरहरूले आफूले भोगेको भयावह क्षण सुनाएका छन् ।बाढीबाट बच्ने

७ लाखबाट सुरु भएको आर के को व्यवसायीक यात्रा यसरी बन्यो करोडौको लगानी

दमक, १४ भदौ । जान्नेका लागी व्यवसाय एक एक एघार हो । नजान्नेकालागी व्यवसाय एक मा एक सुन्य पनि हो । हो यो वाक्य दमकका