भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् । कोही आफ्ना मान्छे सकुशल भेटिएको खबरले राहतको सास फेरिरहेका छन् भने कोही लगातारको खोजीपछि पनि खबर नपाउँदा निराशाका बिच भौँतारिइरहेका छन् ।विराटनगर–१ का दुर्गाप्रसाद पोखरेल टिमुरेस्थित अध्यागमन कार्यालयमा कार्यरत हुनुन्थ्यो । उहाँ पनि बाढी आएको दिनदेखि नै बेपत्ता हुनुन्छ। काठमाडौँमा रहनु भएको उहाँको दाजु प्रेम पोखरेलले भाइ सकुशल भेटिने आशा लगभग मारिसकनु भएको छ। ‘माटोमुनि दबिएको छ कि भेटिएको छैन । मान्छे बाँचेको छ भन्ने त मलाई विश्वासै छैन । किनभने टिमुरे अध्यागमनको कोठाभित्र बसेर काम गरिरहेको मान्छे, एक्कासि झ्याप्पै हान्यो । आँगनमा कुदेका मान्छे त बगेका छन्, कोठाभित्रका कसरी बच्लान्,’ दुर्गाप्रसादले भन्नु भयो।

बाढी आउनुभन्दा केही मिनेटअघि मात्रै दुर्गाप्रसादले काठमाडौँमा एक साथीसँग फोनमा कुराकानी गर्नु भएको थियो। दाजुका अनुसार साथीले फोन गर्दा दुर्गाप्रसादले भन्नु भएको थियो, ‘आज मान्छे अलि धेरै छन् । मलाई अहिले काममा डिस्टर्ब नगर ।’त्यो नै उहाँको अन्तिम भनाइ बन्यो । त्यसलगत्तै भन्सार कार्यालयमा बाढी र पहिरोले क्षति पुर्‍याएको थियो ।भट्टराई परिवार अहिले चितवन र नारायणी किनारसम्म पुगेर शवको पहिचान गर्ने कोसिस गरिरहेको छ । ‘जीवित त भेटिएन, अब सास नभेटिए पनि लास भेटियोस् भनेर माइलो भाइ र भान्जा चितवन गएका छन्,’ दाजुले निराशा व्यक्त गर्दै भन्नु भयो।अर्कोतिर, बाढीपछि सम्पर्कविहीन भएकी सुन्दरहरैंचास्थित विराटचोककी पूजा आचार्य र उहाँका ३ वर्षका छोरा भने सकुशल भेटिएका छन् । धुन्चेस्थित कार्यालय क्षेत्रमा उनीहरू सुरक्षित रहेको खबर पाएपछि परिवारमा खुसी छाएको छ । आचार्य धुन्चेमा ल्याब टेक्निसियन पदमा कार्यरत हुनुन्थ्यो।

पूजाका आफन्त यदुनाथ नेपालले टेलिफोनमा भन्नु भयो, ‘सम्पर्क भयो, अब उद्धार कसरी गर्ने भन्ने कुरा हो । उहाँहरू धुन्चेकै कार्यालयमा हुनुहुँदो रहेछ । दुई–चार दिनलाई त खाने–बस्ने सङ्कट छैन, तर त्यहाँबाट सुरक्षित निकाल्न भने बाँकी छ ।’रसुवाको धोबीखोलारदेवीघाट क्षेत्रबाट १२ वर्षदेखि व्यापार गर्दै आएका भारतीय नागरिक शिवशङ्कर गुप्ता पनि बाढीपछि सम्पर्कविहीन छन् । उहाँ पसल र घरधनीसँगै बस्दै आँउनु भएको थियो ।शिवशङ्करका नाति विराटनगर–७ का मनोज रौनियारका अनुसार उनी लगभग १२ वर्षदेखि रसुवा बसेर व्यापार गर्दथे । ‘धोबीखोलाबाट सम्पर्कविहीन हुनुभएको हो । इन्डियामा रहेका परिवारसँग असोज ८–१० गतेतिर अन्तिम पटक कुरा भएको थियो, त्यसपछि कुनै सम्पर्क हुन सकेको छैन,’ रौनियारले भन्नुभयो ।प्रहरी र उद्धार टोलीले निरन्तर खोजी जारी राखे पनि अझै गुप्ताजस्ता सयौँ बेपत्ताको उद्धार हुन सकेको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण