काठमाडौं , भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन् ।आइतबार एमालेको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताए । यस प्रकारको क्षति यसअघि त्रिशूलीमा समेत नदेखिएको बताउँदै उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको बताए ।
‘जनको क्षति अपूरणीय हुन्छ । धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ । तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने ।उनले बाढीले मानिसलाई उम्कने सम्भावनासमेत नदिई बगाएको बताए । ओलीले अहिलेको विपत्ति राष्ट्रिय शोक र पीडाको समय भएकाले यस्तो अवस्थामा कसैले पनि राजनीतीकरण गर्न नहुने बताए ।‘यो साझा पीडा हो, साझा शोकको बेला हो । यस पीडालाई समाधान गर्ने पनि साझा दायित्व हो,’ ओलीले भने ।उनले विपत्तिबाट प्रभावित नागरिकको गर्ने पनि सबै पक्षले साझा जिम्मेवारी रहेको बताए ।









