बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी जस्तै थियो ।खै किन हो, त्यसदिन उनलाई घरभित्र पस्नै मन लागेन। आफ्नै घर अगाडि टक्क अडिए।सन्तमानको आफ्नै घरमा पूजा सामग्रीको पसल थियाे । उनले भाडामा दिएको कोठामा अन्सारी मोटरसाइकल वर्कसप थियो।घरबाहिर अलमलिएका सन्तमानलाई घरछेवैमा रहेका हार्डवेयर पसलका साहुले भने, ‘बेत्रावतीमा बाढी आउने कुरा सुने, यहाँ नबस् भनेको छ।’

बेत्रावतीवासीका लागि बाढीको सूचना नौलो होइन। सन्तमानले शुरूमा हार्डवेयर पसलेका कुरालाई त्यति गम्भिर रुपमा लिएनन्।तर ‘यहाँ नबस् भनेको छ’ भन्ने वाक्य कानमा गुञ्जिरह्यो ।नबस्न भनेको शब्दलाई दोहोर्‍यार मनन गरे। त्यसपछि उनले श्रीमतीलाई घरबाहिर बोलाए । र यो सूचना बारे जानकारी गराए।‘हार्डवेयरको साहुले त्यति भनेर तपाईंहरूमाथि जानुस् म खोला हेरर आउँछु’ भन्नुभयो।‘मैले नजानसु ! भनेर हकारेको मात्र के थिएँ, खोला त आइ पो गयो ! हान्यो,’ सन्तमान सम्झन्छन्, ‘खोलाको पहिलो बहावले उहाँलाई लडाएर लगिहाल्यो।’सन्तमान आँखै अगाडिको त्यो दृश्य अहिलेसम्म दिमागमा घुमिरहेको बताउँछन्।‘मेरो पछाडि श्रीमती थिइन् । मैले पहिला उनलाई च्याप्प समाते तर खोलाले न्याँकीहाल्यो। त्यै पनि बल्लतल्ल उचालेर श्रीमतीलाई माथि फ्याँके र त्यसपछि बुट्यान समातेर माथि उक्लिएँ।’त्यतिबेलासम्म सन्तमानको घर पर पुगिसकेको थियो। हेर्दाहेर्दै उनको घर बाढीले लग्यो ।‘छिमेकीको त झन् घर मात्र होइन परिवारका सदस्य समेत बगेको देखें। साह्रै दु:ख लाग्यो,’ उनी भन्छन्।‘इश्वरलाल श्रेष्ठ र बुद्धिलाल डंगोल मेरो छेउमा लतारिएर आएपछि दुवैलाई तान्न भ्याएँ। तर त्यसपछि उहाँहरू मेरो सम्पर्कमा हुनुहुन्न,’ सन्तमान भन्छन्, ‘भेटेपछि तपाईंको मात्रै होइन्, मेरो पनि सबै गयो भन्नुछ।’

छतबाट बचाउ बचाउ भनेका दुईजनालाई भने बचाउन नसकेको उनी बताउँछन् ।माथि पुगेपछि सन्तमानलाई छोराछोरीको अवस्थाले पिरोल्न थाल्यो। उनले तुरून्तै छिमेकीको मोबाइलबाट विद्यालयमा सम्पर्क गरे। सौभाग्यले उनका एक छोरा र एक छोरी डाँडामा रहेको नीलकण्ठ विद्यालयमा सुरक्षित रहेछन्।उनी भन्छन्, ‘मैले चारजनाको मेरो परिवार बचाउन सफल भएँ।’घर छैन, घर बनाउँदा लागेको २३ लाख ऋण छज्यान जोगिए पनि सन्तमानसँग अहिले केही छैन। सम्पत्तिको नाममा रहेका त्यही एउटा घर बगेपछि उनी एकजोर लुगा पनि माथिल्लो केराघारीमा रहेका आफन्तसँग माग्नुपरेको छ। च्यातिएको सर्टमा भावव्हिल देखिएका उनी आफ्नो जिन्दगी डामाडोल भएको बताउँछन्।

‘खाने बस्ने केही छैन, माग्नेको हालत भयो। मेरो त सबथोक नै त्यति थियो,’ उनले भावुक हुँदै सुनाए, ‘मैले महेनत गरेर जोडेको सम्पत्ति थियो।’सन्तमानका अनुसार उनको थाप्लोमा अहिले २३ लाख रूपैयाँ ऋण छ। घर बनाउन लिएको ऋण उनले तिर्न सकेका छैनन्। उनलाई ऋण र छोराछोरीको भविष्यले चिन्तित बनाएको छ।‘कहाँबाट तिर्नु अब ऋण ? बैंकले त बुझ्दैन मेरो पीरमर्का,’ उनी भन्छन्, ‘म जस्तै सबथोक गुमाएकाहरूको कुरा पनि सरकारले बुझेर केही राहत दियो भने जिन्दगी थप बाँच्न सकिएला नभए हामीले पाएको आयुभन्दा चाँडै जानुपर्ने स्थिति छ।’सन्तमानको आग्रह छ, ‘हजुरहरू सक्नुहुन्छ भने सरकारसम्म मेरो कुरा पुर्‍याइदिनुहोला ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म