भोटेकोसी बाढी

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीका कारण आयोजनाका पावर हाउससहित आवासीय कर्मचारी पाँच दिनदेखि फसेका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार, ११ आयोजना भोटेकोसी बाढीको मारमा परेका छन् । ती आयोजनाका ९७७ जना सम्पर्कविहीन छन् । जसमध्ये कोरियाली कम्पनीले बनाइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् २१६ मेगावाट०आयोजनामा कार्यरत सम्पर्कबाहिर छन् । उक्त आयोजनामा ५७६ काम गर्थे ।

 

माथिल्लो त्रिशूली आयोजनामा एक हजार संख्यामा कार्यरत रहेको र त्यसमध्ये ५७६ जना अझै सम्पर्कबाहिर रहेको उल्लेख छ । त्यसअतिरिक्त अन्य केही कर्मचारी पनि सम्पर्कमा नरहेको उल्लेख छ । त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार तथा कामदार गरी कुल २०१ जना सम्पर्कविहीन छन् । आयोजनामा सुरुङभित्र कर्मचारी, परार्मशदाता, ठेकेदार गरी झन्डै २०१ जना फसेको कम्पनीले जनाएको छ ।आयोजनाकी कम्पनी सचिव तथा प्रशासन प्रमुख लीला अर्यालका अनुसार, हालसम्म प्राप्त आधिकारिक तथ्यांक हेर्दा उनीहरू सम्पर्कमा देखिँदैनन् ।सम्पर्कविहीन हुनेमा आयोजनाका २१ कर्मचारी, उनीहरूका परिवारका सात सदस्य, परामर्शदाता कम्पनी चेस्कोका १२, लट–१ ठेकेदारतर्फका चार चिनियाँ र दुई नेपाली नागरिक, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नमा गएका तीन विद्यार्थी, ठेकेदार पक्षका १५१ कामदार र एक सुरक्षा गार्ड छन् ।

 

घटनालगत्तै नेपाली सेनाको १६ सदस्यीय टोली, आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुंगेल तथा सिनियर इन्जिनियर रवीन्द्र सिम्खडा घटनास्थलमै खटिएका छन् । उद्धारका लागि हालसम्म फ्रन्ट फेसमा चारवटा प्वाल ड्रिलिङ भएको छ । प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ ।माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट आयोजनामा ४२ जना फसेका छन् । उक्त आयोजनामा उद्धारको प्रयास भइरहेको छ । सांसद श्रीराम न्यौपानेसहितको टोलीले आयोजनाको सुरुङ खोतल्ने क्रम जारी राखेको छ । आइतबार दिउँसो ३ः१५ मा टनेल भेटिएको न्यौपानेले जानकारी दिनु भयो ।आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरू ब्लास्टिङ गर्नेसम्मका प्रयास गर्दैछन् ।

 

पछिल्लो जानकारीअनुसार, उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली खटिएको छ ।यसअघि टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले र्‍यापेल गरेर टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ ।रसुवागढी आयोजना १११ मेगावाट मा ९३ जना कार्यरत थिए । जसमा आयोजनाका ४९, ठेकेदारका ४२ जना जसमध्ये चारजनाको जीवितै उद्धार गरिएको थियो र दुईजनाको शव भेटिएको कम्पनीको सचिव नरनाथ न्यौपानेले जानकारी दिनु भयो । उहाँका अनुसार, आयोजनाको पावर हाउसभित्र अझै कम्तीमा १४ जना अनुमान छ ।

 

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना २० मेगावाटको ४२ कर्मचारी सम्पर्कविहीन छन् । आयोजनामा कार्यरत ६० मध्ये १८ जनालाई सकुशल उद्धार गरिएको थियो । ४२ जना अझै सम्पर्कविहीन रहेको प्रवर्द्धक मल्टी इनर्जीका अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँनु हुन्छ।“आज सुरुङ खोल्ने तयारीमा सेना छ । ४२ जना मिसिङ हुनुहुन्छ । सुरुङमा पानी गइरहेको हुँदा हामी आशामै छौँ,” उहाँ भन्नु हुन्छ ।उहाँका अनुसार, सम्पर्कविहीन हुनेहरूमा आठजना प्राविधिक इन्जिनियर, पाँचजना सहयोगी, एक सुरक्षा गार्डसहित सुरुङ टनेल भित्र काम गरिरहेका कामदारहरू छन् ।

 

सुरुङको मुख खुला र भित्र पानी बहिरहेकाले अक्सिजनको सम्भावना भएको हुँदा सुरुङभित्र मानिसहरू जीवितै हुन सक्ने आशाका साथ नेपाली सेनाको टोलीसहित उद्धार कार्य अघि बढिरहेको छ । बाढीले आयोजनाका पावरहाउस र क्याम्प क्षेत्र पूर्ण रूपमा बगाएर नामोनिसानै नरहेको तथा भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको छ । आजै भदौ १४ गते०देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला यो प्राकृतिक विपत्ति घटेको हो ।

 

“भौतिक क्षति पुनः निर्माण गर्न सकिने भए तापनि देशका दक्ष प्राविधिक, इन्जिनियर र विशेषज्ञ जनशक्तिको मानवीय क्षति हुनु राष्ट्रकै लागि ठूलो र अपूरणीय घाटा छ,” आचार्य भन्नु हुन्छ।रसुवा–भोटेकोसी १२० मेगावाट आयोजनामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन छन् ।२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा आठजना सम्पर्कविहीन छन् । नेपाली सेना सुरुङ मार्गमार्फत उद्धारको प्रयासमै छ ।५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा सात कर्मचारी र इन्जिनियर सम्पर्कविहीन छन् ।त्रिशूली जलविद्युत् आयोजना २४ मेगावाटबाट एकजना सम्पर्कविहीन छन् । १४ . १ मेगावाटको देवीघाट जलविद्युत् आयोजना १४ .१ मेगावाटमा एकजना सम्पर्कविहीन भएको उल्लेख छ ।

 

यस्तै, मिडिल त्रिशूली गंगा १५ .६ मेगावाट आयोजनाबाट दुईजना सम्पर्कविहीन छन् । सरकारले बाढीपश्चात् विदेशी विशेषज्ञ बोलाउन ढिलाइ गर्दा सुरुङभित्र फसेकाहरूको जीवितको आश कम हुँदै गएको विज्ञहरू बताउँछन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही