भोटेकोशी बाढी विपद्

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।हालसम्म १० हजार ४५१ जना नागरीकका उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना रहेका छन् ।सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन् ।त्यस्तै, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना तथा सम्पर्कविहीन विदेशी नागरिक ५९२ जना रहेको प्राधिकरणले जनाएको छ । नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण