धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको उपमहानगरपालिकाले जनाएको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उपमहानगरपालिकाले उक्त रकम उपलब्ध गराएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिनुभयो।
भोटेकोशीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेकाले स्थानीय तहका तर्फबाट सहयोग गएिको उहाँले बताउनुभयो ।









