चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग अवरुद्ध भएको थियो।उत्तरी नेपालमा हिमनदीको विनाशकारी बाढीका कारण आएको पहिरोपछि ठूलो स्तरको उद्धार तथा खोजी अभियान जारी छ।हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल चीन–नेपाल सीमा क्षेत्रतर्फ बगेको थियो। केही मिनेटमै आएको उक्त भेलले ठूलो क्षति पु¥याएको थियो।

 

क्षेत्रीय सरकारले आइतबार बिहान दिएको जानकारीअनुसार शनिबार साँझ ६ बजेसम्म जिरोङ नाकामा आएको भीषण पहिरोमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता छन्।यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा पहिरोका कारण मृत्यु हुनेको संख्या नौं सय नाघेको छ ।चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले आइतबार राज्य स्वामित्वको इन्जिनियरिङ तथा उद्धार संस्था चाइना एनेङबाट ११० जना उद्धारकर्मी र २८ वटा भारी उपकरण घटनास्थलमा पठाएको छ।

 

उनीहरूले यस क्षेत्रको प्रमुख सडक सम्पर्कका रूपमा रहेको जी२१६ राष्ट्रिय राजमार्गका क्षतिग्रस्त खण्डबाट भग्नावशेष हटाउने काम गरिरहेका छन्।सोमबार दिउँसो १२ बजेसम्म सडकका क्षतिग्रस्त खण्ड पूर्ण रूपमा खुलाउनुपर्ने स्थानबाट करिब १.१ किलोमिटर दूरीसम्म अवरोध हटाउने काम अघि बढिसकेको छ।उद्धारकर्मीका अनुसार सोमबारको दिन सम्पूर्ण उद्धार तथा सडक खुलाउने अभियानका लागि महत्वपूर्ण चरण हो। उक्त क्षेत्रमा काम गर्ने स्थान अत्यन्तै साँघुरो छ।

 

चट्टान खस्ने र पहिरो जाने जोखिम, तीव्र गतिमा बगिरहेको पानीले सडकको आधार कटान गर्ने समस्या तथा नदीको साँघुरो खोँचमा ठूलो मेसिन प्रयोग गर्न कठिनाइ जस्ता चुनौती रहेका छन्।यी चुनौतीलाई ध्यानमा राख्दै उद्धार टोलीले काम गर्ने प्रक्रियामा समेत परिवर्तन गरेको छ। घटनास्थलमा रहेका उद्धारकर्मीका अनुसार सामग्री बोकेर आउने सबै ट्रकले निर्देशनअनुसार पहिले यू–टर्न लिनुपर्ने, त्यसपछि काम भइरहेको स्थानसम्म रिभर्स गरेर ढुंगा झार्नुपर्ने र त्यसपछि एक्स्काभेटरमार्फत ती ढुंगा प्रयोग गरी सडक भर्ने काम गरिनेछ।

 

हाल घटनास्थलमा रहेको चाइना एनेङको आपत्कालीन उद्धार टोलीले बिहान ७ बजेदेखि मध्यरातसम्म निरन्तर काम गर्नेछ। त्यसपछि मौसमको अवस्था हेरेर थप जनशक्ति परिचालन गर्ने तथा कामको गति र कार्यतालिका समायोजन गरिने उद्धार टोलीले जनाएको छ। सीसीटीभीप्लस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा