बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा बाढी प्रभावित क्षेत्र रसुवाको गोसाईंकुण्ड गाउँपालिका लिङलिङमा उपचारमा खटिएको छ ।

उपचारका क्रममा अहिले सो क्षेत्रमा झाडापखालाका दुई–चार जना बिरामीहरू समेत देखिन थालेका उपचारमा संलग्न डा‍।सरोजकुमार गोहिवारले जानकारी दिनुभयो । यस्तै, प्राकृतिक विपत्तिपछि मानिसहरूमा डर र त्रास पैदा भएकाले धेरैजसोमा ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ अर्थात् मानसिक आघातको समस्या देखिएको छ ।

 

उहाँले पुराना बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह र घुँडा दुख्नेजस्ता समस्या बढी पाइएको बताउनु भयो । दूषित पानीका कारण झाडापखाला र हैजाजस्ता महामारी फैलिन सक्ने उच्च जोखिम रहेकाले चिकित्सक टोलीले स्थानीयवासीलाई सरसफाइ र सावधानीका उपायहरूबारे सचेत गराएको छ ।

 

बाढी प्रभावित क्षेत्रमा हाल नियमित सेवन गर्ने उच्च रक्तचाप र मधुमेहका औषधि, खाद्यान्न तथा विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्ने सुविधाको अभाव देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा