त्रिशूली–भोटेकोशी बाढी

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति पुर्‍याएको छ ।बाढीका कारण सडक र पुल संरचनातर्फ मात्रै करिब २० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको सडक विभागले जनाएको छ ।सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण सडक सञ्जालतर्फ करिब १० अर्ब र पुलतर्फ १० अर्ब गरी कुल २० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ । प्रवक्ता न्यौपानेले बाढीले पुर्‍याएको क्षतिको परिमाण निकै ठुलो भएकाले स्थायी पुनर्निर्माण सम्पन्न गर्न वर्षौँ लाग्ने र पुनर्निर्माण लागत साविकको भन्दा निकै बढी हुने जानकारी दिनु भयो ।

 

सडक विभागको स्थलगत प्राविधिक विवरण अनुसार बाढीले ४० किलोमिटरभन्दा बढी सडक क्षति पुगेको छ । यस्तै भोटेकोशी तथा त्रिशूली नदीमा रहेका ४१ वटा प्रमुख पुलमध्ये ३२ वटा पुल बाढीले पूर्ण रूपमा बगाएको छ । यस्तै ३ वटा पुल क्षतिग्रस्त भएका छन् भने ६ वटा पुल मात्र सुरक्षित छन् । बाढीले नेपाल–चीन सीमा जोड्ने रणनीतिक महत्त्वको रसुवागढीस्थित ‘मितेरी पुल’ सहित रसुवाका टिमुरेका दुई वटा बेलिब्रिज, चिलिमे र स्याफ्रुबेँसीका पक्की तथा बेलिब्रिज, मैलुङ, हाकु क्षेत्रका जलविद्युत् आयोजनाका पुलहरू बगाएको छ ।

 

यस्तै, नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीको पुरानो र नयाँ दुवै पक्की पुल, तुप्चे, त्रिशूली बजारका पुराना र नयाँ पुल, देवीघाट, श्रीखली, बुद्धसिंहघाट, रातमाटे लगायतका पुलहरू बगेका छन् । धादिङतर्फका झरेबगैँचा, घाटबेँसी र फुर्केखोलाका पुल पनि बाढीले बगाएको छ भने कोल्पुखोलाका दुई पुल र मास्टर धादिङको पुलमा आंशिक क्षति पुगेको छ । मुग्लिङ आर्च ब्रिज, फिस्लिङ, बेनिघाट लगायतका ६ वटा पुल भने बाढीबाट जोगिएका छन् ।

बेत्रावती सडक जोड्न तीव्र प्रयास, तिरतिरे भीरमा काम जारी

विपद्पछि सडक विभागको प्राविधिक टोली औपचारिक अनुगमनभन्दा पनि स्थलगत रूपमा तत्काल अवरुद्ध सडक खुलाउने कार्यमा केन्द्रित छ । प्रवक्ता न्यौपानेले आफूहरू नुवाकोट–रसुवा सीमा क्षेत्रमा खटिएर सडक खुलाउने कार्यको प्रत्यक्ष समन्वय गरिरहेको बताउनु भयो। उहाँका अनुसार पहिलो चरणमा राजधानी तथा मुख्य राजमार्गलाई रसुवासँग जोड्न बेत्रावती खण्ड सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । ‘हाम्रो पहिलो प्राथमिकता बेत्रावती जोडेर रसुवाको सम्पर्क पुनः स्थापित गर्नु हो, जसका लागि भोलिसम्ममा बेत्रावती सडक खुलाउने गरी काम गरिरहेका छौँ,’ उहाँले भन्नु भयो।हाल प्राविधिक टोलीले पहिरो र कटानका कारण जोखिमयुक्त बनेको तिरतिरे भीर क्षेत्रमा मर्मत तथा ट्र्याक खुलाउने कामलाई तीव्र गतिमा अघि बढाइरहेको छ । धेरै ठाउँमा सडक कटान भएकाले अस्थायी बाटो निर्माण गर्न निकै चुनौती देखिएको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने मितेरी पुलसहित दर्जनौँ सडक र पुल संरचना ध्वस्त भएपछि द्विपक्षीय व्यापार पूर्ण रूपमा रोकिएको छ । स्थानीय बस्तीहरूबिचको यातायात सम्पर्क विच्छेद हुँदा खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या उत्पन्न भएको छ ।सडक विभागले तत्कालका लागि डाइभर्सन, ह्युमपाइप र बेलिब्रिज प्रयोग गरी अस्थायी रूपमा यातायात सुचारु गर्ने तयारी थालेको छ । तर, पूर्ण रूपमा बगेका ३२ वटा पुल तथा मुख्य सडकहरूको स्थायी पुनर्निर्माण गर्न भने दीर्घकालीन गुरुयोजना, ठुलो बजेट र केही वर्षको समय लाग्ने देखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला सुरु

बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय

चीन–नेपाल सीमाको जिरोङ सडक खुलाउने प्रयास जारी

काठमाडौं ,१५ भदौ। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा रहेको जिरोङ सीमा नाका जोड्ने मुख्य सडक पुनः सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्राकृतिक अवरोधसँग जुधिरहेका छन्।बुधबार आएको भीषण