आफैं विपदमा गरेको खुम्बु पासाङल्हामुले रसुवाका बाढीपीडितलाई २२ लाख दिने

सोलुखुम्बु,१६ भदौ । आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । खुम्बु आफैं पनि पछिल्लो विपदबाट प्रभावित बनेको अवस्थामा अर्को जिल्लाका बाढीपीडितको पीडामा साथ दिन गाउँपालिकाले सहयोगको निर्णय गरेको हो । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

गाउँपालिकाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाको तर्फबाट उक्त रकम उपलब्ध गराउन लागिएको हो । विज्ञप्ति गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जारी गर्नु भएको हो। यति मात्र होइन, विपद्को समयमा थप सहयोग गर्ने उद्देश्यले गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि आफ्नो एक महिनाको सेवा–सुविधा बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

 

यससँगै खुम्बु पासाङल्हामु गाउँपालिकाको संस्थागत सहयोगसँगै जनप्रतिनिधिहरूको व्यक्तिगत योगदानसमेत बाढीपीडितका लागि जाने भएको छ ।आफैं विपद्को पीडा भोगिरहेको खुम्बुले अर्को जिल्लाका विपद् प्रभावित नागरिकका लागि गरेको यो सहयोगले संकटको समयमा स्थानीय तहबीचको मानवीय सहकार्यको उदाहरण प्रस्तुत गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेबुल नगरिएको भन्दै सदन अवरुद्ध

सुर्खेत,१६ भदौ। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गर्नुभयो । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गराउनु भएको हो ।

बाढीबाट हालसम्म १,००३ जनाको मानवीय क्षति, ३,९१६ जना सम्पर्कविहीन

काठमाडौं ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ ।

नवलपरासीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं,१५ भदौ ।पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको

बाढी प्रभावितका लागि सभामुखले एक महिनाको पारिश्रमिक सहयोग गर्ने

काठमाडौं ,१६ भदौ। सभामुख डोल प्रसाद डीपी अर्यालले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको

आफैं विपदमा गरेको खुम्बु पासाङल्हामुले रसुवाका बाढीपीडितलाई २२ लाख दिने

सोलुखुम्बु,१६ भदौ । आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान

काठमाडौं,१५ भदौ । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनस्र्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित