काठमाडौं,१५ भदौ ।पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो ।
ब्यूरोको भैरहवा शाखाबाट खटिएको प्रहरीले टोलीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको विवरण सार्वजनिक गरिएको छैन ।
लागुऔषध कारोबारीहरूलाई नियन्त्रणमा लिने क्रममा ४ राउण्ड फायर गरिएको थियो । स्रोतका अनुसार पक्राउ परेका दुई जना भारतीयबाट प्रहरीले १५८ ग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको छ।









