६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो।

नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राध्यापक डा. अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्राध्यापक रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ। सिंह विज्ञान संकाय र शिवाकोटी शिक्षा शास्त्र संकायका प्राध्यापक हुनुहुन्छ।

यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक डा. पन्ना थापा, पोखरा विश्वविद्यालयमा प्राध्यापक डा. निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापक डा. तारादत्त भट्ट नियुक्त हुनुभएको छ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त हुनुभएको मन्त्रालयले जनाएको छ।

नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारहरूले शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि पदाधिकारीबीच प्रभावकारी समन्वय र टिमवर्क आवश्यक रहेको बताउनुभयो। उहाँले उच्च शिक्षाको गुणस्तर सुधारसँगै विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री पोखरेलले विश्वविद्यालय सुधारका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता पनि जनाउनुभयो।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार र विश्वविद्यालयको संस्थागत क्षमता अभिवृद्धिमा नयाँ पदाधिकारी सक्रिय हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले विश्वविद्यालयहरूबीच समन्वय बढाउँदै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्राध्यापक डा. निर्मला जमरकट्टेलले आफूलाई दिइएको जिम्मेवारी इमानदारी र कुशलतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शपथ ग्रहण कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति तथा शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा