सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार नेपाल–चीन मितेरी पुलदेखि पृथ्वी राजमार्गमा भएको कटानसम्म हेर्दा सो रकम बराबरको क्षति भएको पाइएको छ ।बाढीका कारण रसुवातर्फको ४० किलोमिटर सडक पुरै बगेको छ । गल्छी–बेत्रावती–रसुवागढी सडकमा सबैभन्दा धेरै क्षति पुगेको छ । यसबाहेक पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा समेत क्षति पुगेको उनको भनाइ छ ।

सडक विभाग मातहतका ३१ वटा पुल बगेको जानकारी उनले दिए । यसमध्ये तीन स्थानमा बेलिब्रिज राख्ने तयारी सरकारले गरेको छ । उनका अनुसार बाढीग्रस्त क्षेत्रमा अहिले एक दर्जन भन्दा बढी उपकरण परिचालन गरी तत्काल सम्भव हुने स्थानमा सडक खुलाउने कामलाई तीव्रता दिइएको छ ।उनका अनुसार तत्कालीन आवश्यकताका लागि ३ करोड २५ लाख रकम विनियोजन गरी सडक खुलाउने काम भइरहेको उनले जानकारी दिए ।क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणलाई अब विभागले उच्च प्राथमिकता दिने समेत महानिर्देशक जैसीले बताए । उनका अनुसार अब पुनर्निर्माणलाई ५० अर्ब रुपैयाँ हाराहारी लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । ‘अब कम्तिमा जिल्ला सदरमुकामहरु जोड्ने पुल अग्ला र लामो बनाउनु पर्ने पाठ यो बाढीले सिकाएको छ,’ उनले भने, ‘त्यसले लागत पनि बढाउने भएको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक