एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग वाणिज्य संघ र जेनेसे सोलुसन्सले संयुक्त रुपमा आयोजना गरेको साइबर सुरक्षा र एआइ केन्द्रीत केन्द्रित संवाद कार्यक्रममा विज्ञ र सरोकारवालाहरुले नेपालको अर्थतन्त्रमा एआइ एक महत्वपूर्ण हिस्सा बन्दै गएको औंल्याए । कार्यक्रममा व्यवसायी एवम प्रविधि क्षेत्रका व्यावसायिक तथा सरोकारवालाहरूले उदीयमान प्रविधिले संस्थागत उत्थानशीलता, सुशासन तथा प्रतिस्पर्धात्मक क्षमतालाई परिवर्तन गर्नसक्ने धारणा राखे ।

कार्यक्रममा जेनेसे सोलुसन्सका प्रमुख प्रविधि अधिकृत निरञ्जन कुँवरले मुख्य प्रस्तुती दिंदै एआइको प्रयोग, साइबर सुरक्षा तयारी र डेटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । हरेक व्यवसाय डिजिटलमैत्री बन्दै गएकाले एआइ र साइबर सुरक्षाको विषय महत्वपूर्ण भएको बताए । कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य संघका सल्लाहकार भीम ढकालले एआइलाई प्राविधिक अवसरका रूपमा मात्र नभई संस्थागत तयारी, जिम्मेवार प्रयोग तथा दीर्घकालीन उत्थानशीलताको विषयका रूपमा हेर्नुपर्नेमा जोड दिए ।उनले एआइको तीव्र विस्तार, क्लाउडमा बढ्दो निर्भरता र नयाँ प्रकारका साइबर जोखिमहरूले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरूको जोखिमको विषय भएकाले सोच्नुपर्ने बेला आएको पनि बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय