दमकमा २० गते रथयात्रा

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि प्रदान गरिने भएको छ।

 

दमक श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यले आज आयोजित पत्रकार सम्मेलनमार्फत रथयात्राका क्रममा संकलन हुने दान–भेटी तथा स्वेच्छिक सहयोग पारदर्शी रूपमा व्यवस्थापन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने जानकारी दिनुभएको हो।

 

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार र परिवारसँग पुनर्मिलनको कामनासहित यस वर्षको रथयात्रालाई धार्मिक उत्सवसँगै मानव सेवाको अभियानका रूपमा अघि बढाइने अध्यक्ष आचार्यले बताउनुभयो।

 

रथयात्राका क्रममा विभिन्न स्थानमा आरती तथा प्रार्थना गरिनेछ। हनुमान मन्दिर, जेसी चोक, देवकोटा चोक, पशुपति मन्दिर, शंखधर चोक, भृकुटी चोक, रातो पुल, भानुभक्त चोक, फागुनन्द चोक तथा दमक नगरपालिका अगाडिलगायतका स्थानमा बाढीमा दिवंगत भएकाहरूको आत्मशान्ति, घाइतेको स्वास्थ्यलाभ र बेपत्ताहरूको शीघ्र उद्धारका लागि प्रार्थना गरिने समितिले जनाएको छ।

यस वर्षको रथयात्रामा विगतको तुलनामा नाचगानभन्दा कीर्तन र भक्तिभावलाई प्राथमिकता दिइने भएको छ। विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै रथयात्रालाई सद्भाव, सेवा र मानवताको सन्देश दिने कार्यक्रमका रूपमा अघि बढाउने समितिको तयारी छ।

रथयात्रामा ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई सहज बनाउन करिब ५० देखि ७० वटा सफारीको व्यवस्था गरिएको छ। रथयात्राको सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमक नगर प्रहरीसँग समन्वय गरिएको छ भने ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी, जीवनचक्र समाज र नगर प्रहरी परिचालन हुनेछन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा