५५ वर्षे अवकाशको प्रस्तावपछि झापाका प्रजिअ गेलालले दिए राजीनामा

झापा,१७ भदौ ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पदबाट राजीनामा दिनुभएको छ। गेलालले दुई दिनअघि काठमाडौं पुगेर गृहसचिवसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो। उहाँको राजीनामा भोलिदेखि लागू हुनेछ।

राजीनामा बुझाएर झापा फर्किएका गेलाललाई आज जिल्ला प्रशासन कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ।

सरकारले निजामती सेवामा कार्यरत जनशक्ति घटाउने उद्देश्यसहित ५५ वर्षमै अनिवार्य अवकाशको व्यवस्था गर्न तयारी अघि बढाएपछि गेलालले राजीनामा दिएको बुझिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती विधेयकको मस्यौदामा ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव गरिएको छ। उक्त मस्यौदा अहिले कानुन मन्त्रालयको रायका लागि पठाइएको छ।

सरकारले पुराना कर्मचारीको संख्या घटाएर निजामती सेवाको जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरेको हो।

प्रस्तावित व्यवस्था संसद्बाट यही रूपमा पारित भएर कार्यान्वयनमा आएमा २०२८ सालअघि जन्मिएका र हाल निजामती सेवामा रहेका कर्मचारीहरू अनिवार्य अवकाशमा जानेछन्।

यही प्रावधान कार्यान्वयनमा आउन सक्ने अवस्थाबीच गेलालले समयअगावै राजीनामा दिएको बुझिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक