झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८ हजार ६८० रुपैयाँ आर्थिक सहयोग गरेको छ।प्रतिष्ठानले उक्त रकम संकलन गरी राष्ट्रिय वाणिज्य बैंक, बिर्तामोड शाखामार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।प्रतिष्ठानका अध्यक्ष अफ्रोज खान पठानको नेतृत्वमा समुदायका सदस्य तथा शुभेच्छुकहरूबाट सो रकम जुटाइएको हो। प्राकृतिक विपद्का कारण घरबार र आफन्त गुमाएका पीडितहरूको घाउमा मलम लगाउन तथा सामाजिक उत्तरदायित्व पूरा गर्न सहयोग गरिएको प्रतिष्ठानले जनाएको छ।

 

धार्मिक तथा सामुदायिक सीमाभन्दा माथि उठेर मानवीय सेवा र सामाजिक सदभावलाई संस्थाले सधैँ प्राथमिकता दिँदै आएको अध्यक्ष पठानले बताउनुभयो। विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र र आमनागरिक सबै मिलेर प्रभावितहरूको तत्काल राहत र दीर्घकालीन पुनःस्थापनामा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो।पारदर्शी रूपमा संकलन गरी कोषमा पठाइएको यो सहयोगले पीडितको पुनःस्थापनामा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रतिष्ठानले आगामी दिनमा पनि मानवीय विपद्का कार्यहरूमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक