बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले मुद्धा चलाउने भएको छ ।बिर्तामोड ५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठक नेतृत्वको प्रहरी टोलीले छापा मारेको थियो ।

 

त्यसक्रममा इलाम घर भएका अर्जुनधारा मल्टीे पर्पोजका संचालक सुजन लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख पिताम्बर कट्टेल सहित २२ जना महिला र १९ जना पुरुष पक्राउ परेका थिए । प्रहरीले औषधी , चेकजाँच गर्ने मेशिन , कागजात र केही नगद बरामद गरेको छ । पक्राउ परेका महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर लगिएको छ भने पुरुषहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । सर्वसाधारणलाई ठगीसंगै ग्लोबल ओरियन्समा काम गर्न आएका तेह्रथुमका एकजना युवक वेपत्ता भएका छन् । ती युवकका बुवाले प्रहरीमा उजुरी दिएका छन् । बुधबार पक्राउ परेकाहरु माथि आज बिहिबार मुद्धा दर्ता गरिने प्रहरी स्रोतले जनाएको छ । प्रहरीले हिजोको घटनाबारे प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्न लागेको जनाएको छ ।

 

शैक्षिक परामर्श र तालिम गराउने उद्धेश्यले खोलिएको अर्जुनधारा मल्टी पर्पोज नामक कम्पनीसंग मिलेर ग्लोबल ओरियन्सले अवैध रुपमा स्वास्थ्य जाँच गर्नुका साथै औषधी बिक्री वितरण गर्दै आएको थियो । होलबडी चेक गरिदिने भन्दै कक्षा १२ पढेका पिताम्बर कट्टेलले एउटा मेशिनबाट स्वास्थ्य जाँच गराउँदै आएका थिए । चेकजाँच गरेवापत् एक हजार रुपैयाँ शुल्क लिने गरेका थिए । उनीहरुले सबै रोग निको पारिदिने भन्दै गाउँका सर्वसाधारणलाई झुक्यानमा पार्दै आएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

काठमाडौं ,१८ भदौ। गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।

आगामी शैक्षिक सत्रका पाठ्यक्रम परिमार्जनमा सरकारी ढिलासुस्ती 

काठमाडौँ,१८ भदौँ । सरकारको ढिलासुस्तीका कारण आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको कार्य पूर्ण रूपमा प्रभावित बनेको छ । सरकारले विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन गर्ने