रसुवा बाढी

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको तथा उद्धारको प्रतीक्षा सुरु भएको आठौँ दिनमा सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको खोजीका क्रममा दुई शव फेला परेको हो।

सोमबार सरकारी उद्धार टोलीले सुरुङको मुख्य बाटो हुँदै भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। करिब १५० मिटर दूरीमध्ये १०० मिटरभित्र पुगेपछि उद्धार कार्यलाई त्यसै मार्गबाट अगाडि बढाउन नसकिने निष्कर्षमा टोली पुगेको थियो।त्यसपछि आयोजनाको कम्पनीले आफ्नै टोली परिचालन गरी खोज तथा उद्धारमा लाग्ने जनाएको थियो। मंगलबार सुरुङ क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको खोजी र व्यवस्थापन गरिएको थियो।

बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित सातदेखि आठ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरेको थियो। टोलीले करिब १५० मिटर माथिसम्म पुगेर सुरुङभित्र प्रवेश गर्ने वैकल्पिक बाटो तयार पारेको थियो।त्यही बाटो प्रयोग गर्दै बिहीबार बिहानै सरकारी उद्धार टोलीका सदस्य सुरुङभित्र प्रवेश गरेका थिए। खोजीका क्रममा फसेका हुन सक्ने व्यक्तिमध्ये दुई जनालाई मृत अवस्थामा फेला पारिएको हो।सुरुङभित्र अन्य व्यक्ति पनि फसेको आशंका गरिएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान

कृष्णभीर पहिरो , १५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारीमा

काठमाडौं,१८ भदौ । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण

बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच र औषधि बेच्ने ४१ जनाविरुद्ध मुद्दा चलाउने तयारी

बिर्तामोड ,१८ भदौँ। अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका ग्लोवल ओरियन्सका ४१ जना माथि प्रहरीले

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

काठमाडौं ,१८ भदौ। गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।