बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शेरचनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) र बाढी प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्य तथा उद्धार टोलीबाट प्राप्त विवरणले त्यहाँको स्वास्थ्य संकट गम्भीर रहेको देखाएको बताउनु भयो।

उहाँले रसुवाका स्याफ्रुबेँसी हेल्थेपोस्ट, टिमुरे हेल्थ पोस्ट, टिमुरे हेल्थ डेस्क र मैलुङ सामुदायिक स्वास्थ्य इकाइ पूर्ण रूपमा ध्वस्त भएको बताउनु भयो ।

धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित भएको भन्दै उहाँले स्वास्थ्य चौकी नै नरहेको क्षेत्रमा महामारी फैलिनुअघि नै अस्थायी स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य परीक्षण तथा स्क्रिनिङ गर्नुपर्नेमा जोड दिनुभयो।

सांसद शेरचनले बाढी प्रभावित क्षेत्रमा महामारी रोकथामका लागि औषधि र स्वास्थ्य सामग्री मात्रै पर्याप्त नहुने बताउनु भयो।

नुवाकोटको बेत्रावती, महाविरे र स्याउलेलगायतका क्षेत्रमा टेन्टमा बसिरहेका नागरिकका लागि सोलार बत्ती, मोबाइल शौचालय, खानेपानीका लागि पाइपलाइन, पानी फिल्टर र खाना पकाउन तत्काल ग्यासको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ।

झाडापखाला, हैजालगायतका सम्भावित महामारी रोक्न सुरक्षित खानेपानी, शौचालय, फोहोर तथा दिसाजन्य पदार्थको उचित व्यवस्थापन र नियमित सरसफाइ सुनिश्चित गर्नुपर्ने उहाँले बताउनु भयो।

उहाँले भन्नुभयो,‘बाढी प्रभावित क्षेत्रमा महामारी रोकथामका लागि औषधि र स्वास्थ्य सामग्री मात्र पर्याप्त हुँदैन। नुवाकोटको बेत्रावती, महाविरे र स्याउलेलगायतका क्षेत्रहरूमा टेन्टमा बसोबास गरिरहेका नागरिकहरूका लागि सोलार बत्ती, मोबाइल शौचालय, पानीका लागि पाइपलाइन, पानी फिल्टर र खाना पकाउनको लागि तत्कालै ग्यासको सुविधा पनि चाहिएको देखिएको छ ।’

बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरैले आफ्ना प्रियजन गुमाएको उल्लेख गर्दै शेरचनले प्रभावित क्षेत्रमा तत्काल मनोसामाजिक परामर्शदाता (साइकोसोसियल काउन्सिलर) परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो।

उहाँले भन्नुभयो, ‘बाढीमा धेरै आफ्ना जनधनहरू र आफ्ना प्रियजनहरू गुमाएका हुनाले उहाँहरूलाई साइकोसोसियल काउन्सिलरको पनि तत्कालै प्रभावित क्षेत्रमा सञ्चालन गरियोस् भनेर सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग

सहयोग लिन संकोच नगरौँ : सांसद खड्का

काठमाडौं,१८ भदौ । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग

इटहरीमा विद्युत् प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

इटहरी ,१८ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुसको बार्गेनिङ गरिरहेका नेपाल विद्युत् प्राधिकरण इटहरी शाखाका सातौँ तहका अधिकृत कृष्ण यादव अख्तियारको फन्दामा परेका छन्।

सुरुङमा फसेका दुई जनाको आठ दिनपछि शव फेला

काठमाडौं,१८ भदौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ। घटना भएको

सीमा निगरानीका लागि काँकडभिट्टामा ‘गोप्रो क्यामेरा’ जडान

झापा,१८ भदौ । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले

रसुवामा बाढीपछि १,२५२ शव फेला, ७८७ शवको व्यवस्थापन

काठमाडौं ,१८ भदौ। रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज विहिबार बिहान