राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु भएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहे पनि त्यसको असर नेपालले ठूलो रूपमा भोगिरहेको भन्दै कार्बन उत्सर्जनमा ठूलो हिस्सा ओगट्ने देशहरू क्षतिपूर्तिका लागि जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।

उहाँले नेपालले वन क्षेत्र विस्तार, विद्युतीय सवारीसाधनको प्रयोग र जलविद्युत् विकासमार्फत वातावरण संरक्षणमा योगदान गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामी राहतका लागि हात फैलाइरहेका छैनौँ। क्षतिपूर्ति माग्ने बेला आएको छ। हामीले कुनै कारण सिर्जना गरेका छैनौँ, हामी जिम्मेवार छैनौँ, तैपनि हामीले मूल्य चुकाइरहेका छौँ।’

सांसद झाले यस विषयमा सबै नेपाली र राजनीतिक दलहरू एक ठाउँमा उभिएर अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब सम्पूर्ण नेपाली र सबै राजनीतिक दलहरू यो मुद्दामा एक ठाउँमा उभिने र अन्तर्राष्ट्रिय मञ्चहरूमा यस आवाजलाई उठाउने बेला आएको छ । अब हामी राहतका लागि हात फैलाइरहेका छैनौँ । त्यो समय आइसकेको छ र यी सबै कार्बन उत्सर्जनका लागि जिम्मेवार रहेका देशहरू नै नेपाललाई क्षतिपूर्ति तिर्न जिम्मेवार हुनुपर्छ । हामी हाम्रो देशलाई अर्को पुस्ताका लागि यस्तो अवस्थामा छोडेर जान सक्दैनौँ। हामीले कुनै कारण सिर्जना गरेका छैनौँ, हामी जिम्मेवार छैनौँ, तैपनि हामीले मूल्य चुकाइरहेका छौँ।’

त्यस्तै, उहाँले विपद्का बेला उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई पर्याप्त स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा पनि जोड दिनुभयो । नेपाल प्रहरीसँग आफ्नै हेलिकप्टरसमेत नरहेको उल्लेख गर्दै उहाँले विपद्को समयमा सुरक्षा निकायले प्रभावकारी रूपमा उद्धार गर्न सक्ने गरी आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

‘हाम्रो सुरक्षा निकाय जहिले पनि लट्ठीकै भरमा ड्युटी गर्ने कि स्रोतसम्पन्न पनि गर्ने हो? यस्तो परेको बेलामा उहाँहरू खट्न सकोस् र सबै आवश्यक उद्धार गर्न सकोस् भन्ने कुरा पनि हामीले सोच्न आवश्यक छ,’ उहाँले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक