बाढी पहिरोले पृथ्वी राजमार्ग लगायत देशभरका प्रमुख सडक ठप्प

काठमाडौं,१९ भदौ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले भदौ १९ गते बिहान ६ः३० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार पृथ्वी राजमार्ग, पासाङ ल्हामु सडक, सहिद मार्ग लगायतका सडक पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन् ।धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरोका कारण साना सवारीका लागि एक लेन मात्र सञ्चालनमा छ । बेनिघाट रोराङ–१० जवाङखोला र थाक्रे गाउँपालिका–२ कमेरेभीरमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

 

काठमाडौंबाट धादिङतर्फ जाने सडकअन्तर्गत चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको छ ।रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक लामो समयसम्म अवरुद्ध रहने जनाइएको छ। बाढीका कारण रसुवाका अन्य मुख्य सडकमा समेत अर्को सूचना जारी नभएसम्म यातायात रोक लगाइएको छ ।नुवाकोटको पासाङ ल्हामु सडकखण्डअन्तर्गत वेत्रावती–सिमटार क्षेत्रमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ। टोखा–छहरे सडकखण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

 

काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भने समय तोकेर सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मौसम तथा सडकको अवस्थाको विश्लेषण गरी अन्य सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो खसेपछि मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । रोल्पाको सहिद मार्गअन्तर्गत परिवर्तन गाउँपालिका–३ भालखोर तथा घोराही–थवाङ सडकखण्डको परिवर्तन–६ दुईखोली बजारमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

 

अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत पाणिनी गाउँपालिका–२ बालसिद्ध मन्दिर नजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।प्रहरीले अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने तथा आवश्यक व्यवस्थापनको काम जारी राखेको जनाएको छ । प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाका प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलमा सम्पर्क गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक