सुरुङमा फसेकाहरूको उद्धार

त्रिशूली–३ ‘ए’को उद्धार कार्यमा गृहमन्त्री आफैं फिल्डमा

काठमाडौं ,१९ भदौ। बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै सक्रिय हुनुन्छ । गृहमन्त्रीको काम व्यवस्थापन र समन्वय गर्नुपर्ने भएपनि उहाँ बाढी प्रभावित क्षेत्रको मैदानमै उत्रिएर काम गरिरहनु भएको छ ।

 

उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो ।सुरुङबाट निकालिएका दुवै जनालाई तत्काल आवश्यक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हवाई मार्ग हेलिकप्टर मार्फत अस्पताल पठाउने तयारी भइरहेको छ । उद्धार गरिएका व्यक्तिहरुलाई स्ट्रेचरमै राखेर अक्सिजन दिंदै गर्दा गृहमन्त्री अक्सिजन सिलिन्डर बोकेर हिडिरहेको अवस्थामा देखिनु भएको हो।

 

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको विवरण प्राप्त भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।गृहमन्त्री गुरुङले कार्यक्षेत्रमै रहेर उद्धार टोलीलाई आवश्यक स्रोत–साधन परिचालन र निर्देशन दिँदै खोज कार्यलाई तीव्र बनाउन सहजीकरण गरिरहनु भएको छ । तर फिल्डमै खटेर स्टन्ट गरेको, सामाजिक संजालमा लोकप्रियता कमाउन खोजेको र व्यवस्थापन एवम समन्वयमा काम नगरेको भनेर गृहमन्त्रीको आलोचना भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शुक्रबारका लागि विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं , भदौ १९ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५०

डेढ किलोको ट्युमरले थिचिएको पेट, केएमसीमा बालिकाको सफल शल्यक्रिया

काठमाडौं , भदौ १९। काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका

भोटेकोशी बाढी : १,२९० शव तथा मानव अंग भेटिए, करिब ४,८०० अझै बेपत्ता,खोजी कार्य जारी

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव

रसुवा–नुवाकोटमा बाढीको उच्च जोखिम, उपत्यकासहित ४० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं , भदौ १९। देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता

दस मिनेटको विपत्तिले बदलिएको लामुसोती

नुवाकोट , भदौ १९। दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने