देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गर्दछन् ।धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरास्थित कारागारमा वासुदेव र देवकीको पुत्रका रूपमा भएको हो । कंसको अत्याचारबाट पीडित संसारलाई मुक्त गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

 

जन्माष्टमीलाई गोकुलाष्टमी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती लगायत नामले पनि चिनिन्छ । यस अवसरमा विशेषगरी कृष्ण मन्दिरमा भजन–कीर्तन, पूजा तथा धार्मिक अनुष्ठान गरिन्छ ।श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर र माखनचोर लगायत विभिन्न नामले पुकारिन्छ । श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको उपदेश तथा भगवद्गीता मार्फत कर्म, धर्म र कर्तव्यको सन्देश दिएको धार्मिक विश्वास छ ।आजको दिन नेपालका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुन्छन् । पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शुक्रबारका लागि विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं , भदौ १९ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५०

डेढ किलोको ट्युमरले थिचिएको पेट, केएमसीमा बालिकाको सफल शल्यक्रिया

काठमाडौं , भदौ १९। काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका

भोटेकोशी बाढी : १,२९० शव तथा मानव अंग भेटिए, करिब ४,८०० अझै बेपत्ता,खोजी कार्य जारी

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव

रसुवा–नुवाकोटमा बाढीको उच्च जोखिम, उपत्यकासहित ४० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं , भदौ १९। देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता

दस मिनेटको विपत्तिले बदलिएको लामुसोती

नुवाकोट , भदौ १९। दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने