डीएनए परीक्षण तीव्र

भोटेकोशी बाढी : १,२९० शव तथा मानव अंग भेटिए, करिब ४,८०० अझै बेपत्ता,खोजी कार्य जारी

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।

प्रहरीका अनुसार फेला परेका शवहरू मध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अंग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।फेला परेका शवहरूमध्ये ९२६ वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । पहिचान खुल्न नसकेका १ हजार १४१ वटा शवको विवरण भने पहिचानका लागि वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ ।मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण कार्यलाई तीव्रता दिइएको छ । हालसम्म १ हजार १४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल १ हजार ८ सय ६२ वटा डीएनए नमुना संकलन गरिएको छ ।

 

बाढीमा परी बेपत्ता हुनेहरूको संख्या ४ हजार ७ सय ९८ पुगेको छ । यसमा २ हजार ८ सय ४७ स्वदेशी नागरिक २,३६९ पुरुष र ४७८ महिला रहेका छन् भने १ हजार ३ सय ५० जनाको विवरण फोनमार्फत प्राप्त भएको छ । यसैगरी, ६ सय १ जना विदेशी नागरिक समेत बेपत्ताको सूचीमा रहेका छन् ।विपद् क्षेत्रबाट हालसम्म कुल ८ हजार १ सय २७ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये स्वदेशी नागरिक ७ हजार ९० जना ४,६५८ पुरुष र २,४७२ महिला रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ १ हजार १ सय ७ जना ९०३ पुरुष, १५२ महिला र ५२ जना लिंग नखुलेको को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये हाल ३ हजार ६ सय ३१ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् ।

 

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तर्फबाट मात्रै ७ हजार ९ सय ३२ जना जनशक्ति खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन् । कार्यक्षेत्रमा खटिएकामध्ये ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।यसैबीच, विपद् प्रभावित क्षेत्र र आसपासमा सचेतना फैलाउन १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा ४१ हजार ७ सय २६ जना सहभागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी बेपत्ताहरूको खोजी र जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य निरन्तर जारी छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शुक्रबारका लागि विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं , भदौ १९ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५०

डेढ किलोको ट्युमरले थिचिएको पेट, केएमसीमा बालिकाको सफल शल्यक्रिया

काठमाडौं , भदौ १९। काठमाडौं मेडिकल कलेज (केएमसी) का चिकित्सकले आठ वर्षीया बालिकाको पेटबाट करिब डेढ किलो तौलको जटिल ट्युमर सफलतापूर्वक निकालेर उनको जीवन बचाएका

भोटेकोशी बाढी : १,२९० शव तथा मानव अंग भेटिए, करिब ४,८०० अझै बेपत्ता,खोजी कार्य जारी

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव

रसुवा–नुवाकोटमा बाढीको उच्च जोखिम, उपत्यकासहित ४० जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं , भदौ १९। देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता

दस मिनेटको विपत्तिले बदलिएको लामुसोती

नुवाकोट , भदौ १९। दस मिनेटअघि मात्रै लामुसोतीको गाउँ सामान्य थियो । घरका आँगनमा मानिसहरुको चहलपहल थियो । कसैको घरमा खाना पाक्दै थियो । गोठमा गाईवस्तु

देशभर श्रद्धा र भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं ,१९ भदौ। वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने