राहत र उद्धारसँगै पुनर्निर्माण अघि बढाउनुपर्छ : ओली

काठमाडौं ,१९ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताउनु भएको छ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिनु भएको छ ।उहाँले प्रभावित क्षेत्रमा प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा दाताहरूबाट सहयोग भइरहेको उल्लेख गर्दै बाढीपहिरोले क्षति पु¥याएका स्थानमा तुइन, झोलुङ्गे पुल तथा सडक निर्माणका काम अघि बढाउनुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘अहिले यतिवेला राहत र उद्धारको समय छ । हामी त्यसमा नै केन्द्रित हुन्छौँ । राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ ।’ओलीले बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा गरिरहेको कामका लागि धन्यवाद दिँदै अन्य प्रदेश सरकार तथा दाताहरूलाई समेत सहयोग जारी राख्न आग्रह गर्नु भएको छ।उहाँले भन्नु भयो, ‘बागमती सरकारले अहिले तुइन राखिदिने काम गर्दा जनतालार्इ सहयोग पुग्छ । कतिपय ठाउँका झोलुङ्गे पुल निर्माण गर्ने, बाटोहरु निर्माण गर्ने कामहरु भइरहेको छ । प्रदेश सरकारलाई धन्यवाद भन्न चाहन्छु र विभिन्न प्रदेश सभाहरुले सहयोग पुर्याइरहेका छन् । अरु विभिन्न दाताहरुबाट पनि सहयोग जुटिरहेको छ । उहाँहरु सहयोगी मनका दाताहरुलाई धन्यवाद भन्न चाहन्छु ।

 

यसैगरी ओलीले विपद्का बेला नेपाली सेना र प्रहरीले उद्धार तथा राहतमा गरिरहेको कामको प्रशंसा गर्नु भएको छ । तर सेनालाई राजनीतिक विवादमा मुछ्ने वा मुछिने अवस्था आउन नहुने उहाँको भनाइ थियो ।नेपाली सेना राजनीतिक विवादबाट पृथक, निर्विवाद र निष्कलङ्क रहनुपर्नेमा जोड दिँदै ओलीले सेनालाई नेपाली जनताको आशा, भरोसा र विश्वासको राष्ट्रिय सुरक्षा संस्थाका रूपमा कायम राख्नुपर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल

पीडितको पहिचान र संवेदनशील दृश्य सार्वजनिक नगर्न सरकारको आग्रह

काठमाडौं,१९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको

नेपाली कराते टोलीको बिदाइ , विमानस्थलमा भीआईपी सुविधा

काठमाडौं ,१९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गर्नु भएको छ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय

राहत र उद्धारसँगै पुनर्निर्माण अघि बढाउनुपर्छ : ओली

काठमाडौं ,१९ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताउनु भएको छ।शुक्रबार पार्टी केन्द्रीय