जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल भएको छ ।जयनगरस्थित रेलवे कार्यालयमा सम्पन्न नेपाल–भारतका उच्च अधिकारीबीच भएकोको पहिलो चरणको बैठकमा आगामी चाँडै नै जनकपुरधाम–अयोध्याबीच विशेष रामायण सर्किट रेल सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको बताइएको छ ।बैठकमा प्रस्तावित रेल सेवा सञ्चालनपूर्व रेलमार्गको लिक, प्लेटफार्मको व्यवस्थापन, सिग्नल प्रणाली, अध्यागमन, भन्सार जाँच चौकी, यात्रु सुविधा तथा सुरक्षा व्यवस्थापन लगायत विषयमा विस्तृत छलफल नेपाल रेलवे कम्पनीका प्रबन्धक परिवेश पराजुलीले जानकारी दिनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘जनकपुर—अयोध्या रेल सञ्चालन बारे भारतीय अधिकारीहरुसँग पहिलो चरणको छलफल भएको हो । पहिलो चरणमा उहाँहरुले रेलवेका विभिन्न व्यवस्थापन बारे छलफल भएको हो र अवस्था बारे विभिन्न रेल्वे हाल्ट र स्टेशनको अनुगमन समेत गरेको हो । चाँडै नै सञ्चालन गर्ने तयारीमा हामी पनि छौं ।’उहाँले थप्दै भन्नु भयो ‘प्रारम्भिक चरणको यो बैठक थियो, यसपछि विभिन्न चरणको बैठक हुन्छ । दुई देशबीचको कुरा भएकाले सरकार सरकारबीच पनि सहमति प्रमुख कुरा हो ।’प्रस्तावित रेल सेवामा हालका लागि एसी र स्लीपर क्लासका डिब्बा सञ्चालनको तयारी बारे पनि छलफल भएको छ । रेलमार्गको सुरक्षाका सम्बन्धमा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा समेत छलफल भएको रेलवे श्रोतले जनाएको छ ।

 

बैठकपछि नेपाल र भारतका अधिकारीहरूले विशेष निरीक्षण गाडी मार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलवे स्टेशन र हाल्टको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा सीमावर्ती क्षेत्रमा रेलमार्गको वर्तमान अवस्था, सिग्नलिङ प्रणाली, अध्यागमन तथा भन्सार व्यवस्थालगायत संरचनाको अवस्थाबारे जानकारी गराइएको थियो ।अयोध्याबाट जनकपुरधाम आउने यात्रुको सुरक्षा, अध्यागमन प्रक्रिया तथा यात्रु आवागमन व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । विशेष रेल सेवा सञ्चालनमा आएपछि भारतको अयोध्या र नेपालको जनकपुरधाम बीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा भारतीय अधिकारीहरुको विश्वास छ ।

 

बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झा, नेपाल रेलवे कम्पनीका पदाधिकारी तथा सुरक्षा अधिकारीहरु र भारतीय पक्षबाट समस्तीपुर रेलवे डिभिजनका डीसीएम अमृतेश कुमार, डीएमओ विजय प्रकाश, कस्टम आयुक्त अरुण प्रसाद, एसएसबीका डीआईजी मधुकर अमिताभ, मधुबनी जिल्लाका ग्रामीण एसपी शिवम धाकड, भारतीय राजदूतावासका प्रथम सचिव कुमार गौरव सिंह, तथा इरकानका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेलमार्गसँग जोड्ने उद्देश्यले प्रस्तावित यो सेवाले विशेषगरी रामायणसँग सम्बन्धित धार्मिक गन्तव्यहरूबीच यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक