१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी विपद्पछि सुरुङमा थुनिनु भएका सञ्जय साह र कबीर महर्जनलाई सेना र सशस्त्रका उद्धारकर्मीले १० औँ दिनमा जीवित उद्धार गरेका हुन् । उद्धारपछि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्नु भएको छ,, ‘दुई जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ ।’

निरन्तर कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका सेना, प्रहरी, सशस्त्र र केन्द्रीय कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिनु भएको छ। टनेल उद्धारमा निरन्तर प्रयास गरेकोमा सांसद सागर ढकाल र श्रीराम न्यौपानेको पनि गृहमन्त्री गुरुङले प्रशंसा गर्नु भएको छ । टनेलमा उद्धार जारी रहेको मन्त्री गुरुङले बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी

‘म कहाँ छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनुस’ : गृहमन्त्री

काठमाडौँ ,१९ भदौ। गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन र राज्य सञ्चालनप्रति भइरहेको आलोचनाको जवाफ दिनु भएको छ। शुक्रबार सामाजिक सञ्जालमा मन्त्री गुरुङले वर्षौँदेखि हामीले वास्तविक

भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

काठमाडौं , भदौ १९ । नेपाल सरकारले भोटेकोशी बाढी प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि ल्याएको राहत तथा सहुलियत प्याकेजको नाडा अटोमोबाइल्स एशोसिएशन अफ

जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी तीव्र

जनकपुरधाम,१९ भदौ । जनकपुरधाम देखि भारतको अयोध्यासम्म विशेष रेल सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ । यसबारे भारतीय रेलवे र नेपार रेलवे कम्पनीका पदाधिकारीबीच छलफल

पीडितको पहिचान र संवेदनशील दृश्य सार्वजनिक नगर्न सरकारको आग्रह

काठमाडौं,१९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको

नेपाली कराते टोलीको बिदाइ , विमानस्थलमा भीआईपी सुविधा

काठमाडौं ,१९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गर्नु भएको छ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय