भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेला परेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा एक हजार ३० वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी दुई हजार १०६ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । साथै पहिचान नभएका एक हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरी प्रवक्ता काफ्ले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ८९८ जनाको खोजी भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार ६५५ व्यक्तिलाई राखिएको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिहे र कोरियाको राजदूत बन्ने सपना देखाएर करोडौं ठगी : खतिवडाविरुद्ध जाहेरी

काठमाडौं ,१९ भदौ। महिलाहरूसँग बिहे गर्ने भनेर पारिवारिक र आत्मीय सम्बन्ध बनाउँदै ठगी गर्ने ‘फिल्मी हिरो’ डम्बर भन्ने सञ्जय खतिवडाविरुद्ध थप जाहेरी दर्ता भएको छ

बाढीपीडितको उद्धार र राहतका लागि रामेछापका चार पालिकाको ऐक्यबद्धता

रामेछाप ,१९ भदौ। गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति

दमकको हंसे दुम्से वनमा चुनाव, अध्यक्षमा दंगाल र दुलाल भीड्दै

दमक, १९ भदौ । दमकमा रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितीमा लामो रस्साकस्सी पछि चुनाव हुने निश्चित भएको छ।निर्वाचन तालिका अनुसार आइतबार हुने निर्वाचनका

बाढीपीडितका लागि आम्दा अस्पतालको सहयोग, आर्थीक देखि स्वास्थ्य सेवा सम्म

दमक, १९ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि दमकस्थित आम्दा अस्पतालले आर्थिक सहयोग गर्नुका साथै प्रभावित क्षेत्रमा एक महिनासम्म स्वास्थ्य सेवा प्रदान

भोटेकोशी बाढीमा १ हजार २९३ शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं , भदौ १९। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण

१० औँ दिनमा सुरुङबाट दुई जनाको सकुशल उद्धार पछि गृहमन्त्रीद्वारा उद्धार टोलीको प्रशंसा

काठमाडौँ ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवित उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले आशाको किरण जीवितै रहेको बताउनु भएको छ ।भोटेकोशी