दमक, १९ भदौ । दमकमा रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितीमा लामो रस्साकस्सी पछि चुनाव हुने निश्चित भएको छ।निर्वाचन तालिका अनुसार आइतबार हुने निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ।
शुक्रबार दिउँसो सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदमा योगराज दंगाल र भागवत प्रसाद दुलालले उम्मेदवारी दर्ता गराउनु भएको छ।
त्यस्तै, उपाध्यक्ष पदमा चन्द्रवीर विश्वकर्मा र नन्दीकेश्वर दंगालले उम्मेदवारी दिनु भएको छ।महिला सचिव पदमा सुष्मा अधिकारी र टुका कुमारी बस्नेत–अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ। सह–सचिव पदमा मनोज बस्नेत, टंकप्रसाद सापकोटा, दिनेश र चूडन्द्रकुमार खड्काले उम्मेदवारी दिनु भएको छ।त्यसैगरी, कोषाध्यक्ष पदमा पनि दुई जना महिला बीच प्रतिस्पर्धा हुने भएको छ। मायादेवी कोइराला र कल्पना राईले उम्मेदवारी दर्ता गराएपछि उक्त पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो।
वनको लेखा समितिको संयोजक पदमा ठाकुरप्रसाद लुइँटेल र श्याम आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै जनाले उक्त पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ्।









