बिहे र कोरियाको राजदूत बन्ने सपना देखाएर करोडौं ठगी : खतिवडाविरुद्ध जाहेरी

काठमाडौं ,१९ भदौ। महिलाहरूसँग बिहे गर्ने भनेर पारिवारिक र आत्मीय सम्बन्ध बनाउँदै ठगी गर्ने ‘फिल्मी हिरो’ डम्बर भन्ने सञ्जय खतिवडाविरुद्ध थप जाहेरी दर्ता भएको छ । फिल्म लाइनमा लागेको भन्ने खतिवडाको ठगी पनि फिल्मी शैलीकै देखिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।बेलायतमा बस्ने नेपालीमूलकी एक महिलालाई ४२ लाख रूपैयाँ ठगी गरेपछि अनलाइन जाहेरीका आधारमा उनलाई काठमाडौं प्रहरीले भदौ ८ मा पक्राउ गरेको थियो । अनुसन्धान चलिरहँदा खतिवडाबाट ठगिने अर्की महिलाले पनि प्रहरी परिसरमा जाहेरी दिएको प्रवक्ता तथा एसपी दानबहादुर थापाले बताउनु भएको छ ।

 

खतविडाले काँडेतार, आँधी तुफान २ जस्ता फिल्ममा अभिनय गरेका छन् । पक्राउ पर्नुअघि प्रहरीलाई प्राप्त अनलाइन जाहेरीकी जाहेरीवाला महिलासँग लण्डनमा कार्यक्रमका सिलसिलामा भेट भएपछि आत्मीय सम्बन्ध बनाएको र त्यसैको आडमा ठगी गरेको एसपी थापाले बताए । अहिले काठमाडौंमै बसोबास तथा व्यवसाय गर्ने अर्की युवतीले उनीविरुद्ध जाहेरी दिएकी हुन् ।

‘सभामुखलाई ७५ लाख बुझाइसकेँ, अब १ करोड दिन बाँकी छ’

आफू दक्षिण कोरियाको राजदूत बन्न लागेको र त्यसपछि पत्नीका रुपमा कोरिया लगेर त्यतै व्यापार गर्ने भन्दै जाहेरवाली युवतीलाई उनले ठगी गरेका हुन् । राजदूत बन्नका लागि सभामुख डिपी अर्याललाई १ करोड ७५ लाख दिनुपर्ने उनले ती युवतीलाई बताएका थिए । यसअघिकी जोहरवाली महिलालाई पनि त्यस्तै आश्वासन दिएर उनले ठगी गरेको प्रहरीले जनाएको छ ।उनले जाहेरवाला युवतीसँग फोनमा राजदूत बन्न पैसा बुझाउनुपर्ने भनेर बोलेको अडिओ नेपाल प्रेससँग सुरक्षित रहेको छ भने नेपाल प्रहरीमा बुझाएको जाहेरीमा पनि यो विषय उल्लेख छ ।

 

एसपी थापाका अनुसार प्रहरी परिसरमा प्राप्त भएको जाहेरी मुलुकी अपराध संहिता २०७४ को दफा २४९ ,१ अन्तर्गत ठगी र दफा २५३ ,१० ,२० बमोजिम आपराधिक लाभ लिन नहुने महलअन्तर्गतको छ । जाहेरवाली महिला अटो मोबाइल्स व्यवसायमा संलग्न रहेकी छन् । ती महिलालाई खतिवडाले राजदूत बन्नका लागि सभामुख डा.अर्याललाई ७५ लाख बुझाइसकेको र थप १ करोड बुझाउन बाँकी भएको भनेका थिए ।प्रहरीका अनुसार विवाह नै गर्ने भएपछि शारीरिक सम्बन्ध पनि कायम गरहालौँ भन्ने खतिवडाको प्रस्ताव थियो । तर, महिलाले मानेकी थिइनन् । विवाह गर्लान् र राजदूत पनि बन्लान् भन्ने विश्वासका साथ खतिवडाले मागेका रकम भने दिइरहेकी थिइन् ।

 

चलचित्र विषयमा पीएचडी गरेको, बूढानीलकण्ठमा हाइड्रो र होटल व्यवसाय सञ्चालनमा रहेको र आफू अविवाहित भन्दै ती युवतीसँग पनि उनी निकट भएका हुन् । खतिवडाले आफू रास्वपा सभापति रवि लामिछाने र सभामुख डा.डीपी अर्यालसँग नजिक भएको भनेका थिए ।ती व्यक्तिसँगका सम्पर्कका विभिन्न प्रमाण देखाउने गर्थे । भिआइपीसँग भेटेर फोटो खिच्ने र त्यसलाई आफ्नो प्रभाव देखाउने माध्यम बनाउँदै आएका उनले आइजिपी दानवहादुर कार्की पनि आफ्नो दाइ भन्ने गरेका थिए ।जाहेरीअनुसार विगत दुई महिनायता ‘केयरिङ’ गरेजस्तो व्यवहारका साथ काठमाडौंकी युवतीसँग दिनमा दुईपटक भेट्ने गरेका थिए । घरमा बुबाआमा वृद्ध भइसकेको र एउटा परिपक्व बुहारीको आवश्यकता रहेको भन्दै वैवाहिक नाता नै गाँस्ने भनेका थिए ।

 

टोयोटादेखि यूरोपका कुरा
राजदूत नियुक्ति प्रक्रियाका लागि कोरिया जान्छु भनेर पनि उनले युवतीलाई ठगेको जोहरीमा उल्लेख छ । अटो मोबाइल्स व्यवसायलाई विस्तार गर्नका लागि जापानस्थित टोयोटा कम्पनी र इप्पानसँग कुरा गरेको भनी विश्वास जितेका थिए । टोयोटा कम्पनीको मानिससँग कुरा गरेजस्तो गरेर प्रभावित पारेको युवतीले जाहेरीमा लेखेकी छन् ।युरोपमा लगानीको अवसर आएको र तत्काल त्यसका निम्ति रकम नदिए अवसर गुम्ने भनेपछि युवतीलाई २२ लाख रुपैयाँ दिएकी थिइन् ।केही समयपछि आफू कोरियाका लागि नेपाली राजदूत नियुक्त भएको भने, तर आफूचाहिँ घुम्नका लागि अष्ट्रेलिया गएपछि युवतीलाई उनको नियतमाथि शंका उत्पन्न भएको थियो । होटल, रेष्टुरेण्टतिर खानपिन गर्न जाँदा चियाको सामान्य बिलदेखि महङ्गा महङ्गा रकम पनि तिर्न लगाउने गरेका थिए ।

 

तर, युवतीको खुट्टा फ्याक्चर भएर नक्सालस्थित हिमाल हस्पिटलमा भर्ना भएपछि खतिवडा भाग्दै हिँडे । बिल तिर्नुपर्ला भन्ने पिरले उनी भाग्दै हिँडेपछि शंका बढेको युवतीले प्रहरीलाई बताएकी छन् । त्यसपछि उनका बारेमा कुरा बुझ्दै जाँदा उनी विवाहित रहेको, भनेको भन्दा बढी उमेर रहेको र अरु महिलालाई पनि ठगी गरेकोजस्ता कुरा पत्ता लगाइन् ।त्यसपछि दिएको पैसा फिर्ता माग्दा प्रमाण खोज्ने र दिन आलटाल गर्ने गरेको युवतीले जाहेरीमा लेखेकी छन् । प्रहरीमा जाहेरी दिन्छु भन्दा निर्मला पन्त र समीक्षा अधिकारीका काण्ड जस्तैमा पारिदिने भन्दै धम्क्याउने गरेको युवतीको आरोप छ ।

‘एमजी गाडी र दाह्रीवाल पुरुषा देख्दा पनि डर लाग्ने अवस्था भयो’
खतिवडाको व्यवहारका कारण उनले चढ्ने गरेको एमजी गाडी र दाह्री पालेका जोकोही मानिस देख्नासाथ चिच्याउने, कराउनेजस्ता मानसिक समस्यामा आफू परेको उनले उल्लेख गरेकी छन् ।

जोहरीमा उल्लेख भएअनुसार जाहेरवाली युवतीले अन्तिमपटक २०२६ को जुन १९ मा खतिवडाका दीपक नामक स्टाफको हातमा बालुवाटारमा ३ लाख ५० हजार रुपैयाँ दिएकी थिइन् । त्यसअघि जुन ११ मा प्रभु बैंकको चेकबाट ५ लाख रुपैयाँ दिएकी थिइन् । युवतीले आफ्नै अफिसमा खतिवडालाई जुलाई ५ मा १ लाख ५० हजार र जुलाई ३ मा १ लाख रुपैयाँ दिएको उल्लेख गरेकी छन् ।खतिवडा कोरिया जाने क्रममा टिकटबापत १ लाख ५५ हजार रुपैयाँ दिएकी थिइन् । चितवनमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा जाने क्रममा उनै युवतीले जहाजको टिकटका लागि ६ हजार ६१ रुपैयाँ खर्च गरेकी थिइन् ।

निकट भविष्यमै विवाह गरेर पतिपत्नी हुने भन्दै खतिवडाले विभिन्न होटल रेष्टुरेण्टको खर्च पनि तिनै युवतीलाई तिराउँदै आएका थिए । त्यस्तो खानपिनको हिसाबमात्रै १ लाख ३८ हजार ९३९ छ ।ठगी अभियोगमा पक्राउ परेका खतिवडा अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् । यसैबीच सभामुख अर्यालको सचिवालयले ती व्यक्तिलाई सभामुखले नचिन्ने र नाम दुरुपयोग गरेको भए कडा कारवाही हुनुपर्ने प्रतिक्रिया दिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।

त्रिशूली–३ ए को सुरुङभित्र उद्धार कठिन भए पछि खोज कार्य रोकियो

काठमाडौं ,१९ भदौ। त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य हाललाई बन्द गरिएको छ । आज शुक्रबार बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि

बिहे र कोरियाको राजदूत बन्ने सपना देखाएर करोडौं ठगी : खतिवडाविरुद्ध जाहेरी

काठमाडौं ,१९ भदौ। महिलाहरूसँग बिहे गर्ने भनेर पारिवारिक र आत्मीय सम्बन्ध बनाउँदै ठगी गर्ने ‘फिल्मी हिरो’ डम्बर भन्ने सञ्जय खतिवडाविरुद्ध थप जाहेरी दर्ता भएको छ

बाढीपीडितको उद्धार र राहतका लागि रामेछापका चार पालिकाको ऐक्यबद्धता

रामेछाप ,१९ भदौ। गत भदौ १० गते भोटेकोशी, त्रिशुली लगायतका नदीहरूमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरूमा भएको ठूलो जनधनको क्षतिप्रति