विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता प्रदान गरेका छन्, भने केही मुलुकले आर्थिकसहित माननीय सहायता सामग्री पठाएका छन् ।परराष्ट्र मन्त्रालयको शुक्रबार दिउँसोसम्मको प्रेस ब्रिफिङअनुसार विपद्का बेला समयमै ऐक्यबद्धता र सहयोग उपलब्ध गराउनेमा भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लाट्भिया, लक्जेम्बर्ग, मलेसिया, म्यानमार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक गणतन्त्र छन् ।त्यस्तै त्यस्तै, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघलगायत अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि सहयोग प्रदान गरेका छन् । व्यक्तिगत र सामाजिक संस्थाहरूले पनि नेपाललाई सहयोगको घोषणा गरेका छन् । उनीहरूको सहयोगप्रति नेपाल सरकारले आभार प्रकट गरेको छ ।

शव पहिचानका लागि चार देशका फरेन्सिक टोली

बाढीमा परेर मृत्यु भएकाका शव पहिचानका लागि चार देशका फरेन्सिक टोली पनि नेपालमा खटिएका छन् । मृतकको शवबाट डीएनए संकलन, विश्लेषण तथा पहिचान प्रक्रियालाई तीव्र बनाउन भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोली नेपाल आएको परराष्ट्र मन्त्रालय जनाएको छ ।उनीहरूले नेपाल प्रहरी तथा सम्बन्धित अन्य निकायसँग सहकार्य गर्दै मृतकका अवशेषको डीएनए परीक्षण तथा पहिचान कार्यलाई तीव्रता दिइरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा