दाँत बाङ्गो टिङ्गो भएमा के गर्ने? उपचारको बिधि गौरादहमै

गौरादह ,२० भदौ ।अनुहारको सुन्दरतामा दाँतको महत्वपूर्ण भूमिका हुन्छ। तर, धेरै मानिसहरू बाङ्गा–टिङ्गा वा अगाडि निस्किएका दाँतका कारण खुलेर हाँस्न र बोल्न हिचकिचाउँ छन्। यस्तै समस्या भएका बिरामीहरूका लागि गौरादह डेन्टल केयरले ठुलो सहयोग गर्दै आएको छ। यहाँ कन्सल्टेन्ट अर्थोडोन्टिस्ट डा. भुसन भट्टराईले नियमित रूपमा विशेषज्ञ सेवा दिइरहनु भएको छ।

 

दाँत मात्र होइन, अनुहारकै बनावट मिलाइने दन्त चिकित्सा शास्त्र अन्तर्गतको विशिष्टीकृत विधा ‘अर्थोडोन्टिक्स एण्ड डेन्टोफेसियल अर्थोपेडिक्स’ का विशेषज्ञ डा. भुसनका अनुसार, यो सेवा केवल बाङ्गा दाँत सीधा बनाउनेमा मात्र सीमित छैन।हामी तार बाँधेर वा अन्य आधुनिक प्रविधि को प्रयोग गरी दाँतको साथसाथै अनुहारका हड्डी र जबडाको बनावटलाई पनि सन्तुलित बनाउँछौँ, डा. भुसनले भन्नुभयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, यो प्रक्रियाका लागि कुनै शल्यक्रिया को आवश्यकता पर्दैन।

 

बाङ्गाटिङ्गा दाँत र जबडाको समस्याले सरसफाइमा असर गर्नुका साथै आत्मविश्वास पनि घटाउँछ। शल्यक्रिया बिना तार बाँधेर अनुहारको बनोट र दाँत मिलाई स्वस्थ अनि सुन्दर मुस्कान फर्काउने सेवा हामी गौरादह डेन्टल केयरमा दिइरहेका छौँ।गौरादह क्षेत्रमा उपलब्ध यो विशेषज्ञ सेवाले दाँतको समस्याबाट ग्रसित स्थानीय बासिन्दाहरूलाई टाढा जानुपर्ने बाध्यता हटाएको छ र गुणस्तरीय उपचार प्रदान गरिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा