कर्मचारीतन्त्रलाई तर्साएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड

काठमाडौं , भदौ २०। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन गर्नुपर्ने बताउनुभएको छ । शनिबार राजधानीमा २३ औं निजामती सेवा दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित ‘निजामती सेवा सम्मान–२०८३’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले राज्यका निकाय र कर्मचारीतन्त्र अन्योलमा परेको टिप्पणी गर्नुभयो । कर्मचारीतन्त्रलाई अनुशासित र जिम्मेवार बनाउन त्रासको वातावरण सिर्जना गर्न नहुने भन्दै उनले करबलले गराइएको काम प्रभावकारी नहुने स्पष्ट पार्नुभयो ।

‘कर्मचारीलाई जिम्मेवार बनाउने दुई तरिका हुन्छन्— एउटा असल कर्म र नीतिद्वारा उत्प्रेरित गर्ने, अर्को तर्साएर बाध्य पार्ने। करबल र त्रास देखाएर गराइएको काम प्रभावकारी हुन सक्दैन। अहिले राज्यका निकाय अन्योलमा छन्,’ उहाले भन्नुभयो । सरकारले राम्रो काम गरे सहयोग र नराम्रो काम गरे खबरदारी गर्ने नीति रहेको स्मरण गराउँदै प्रचण्डले अहिलेका लक्षणहरू सकारात्मक नदेखिएको दाबी गर्नुभयो। उहाले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र लामो संघर्षबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि सबै सचेत नागरिक र राजनीतिक नेतृत्व एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।हालैको बाढी–पहिरोको वितण्डा र उद्धार कार्यको समीक्षा गर्दै अध्यक्ष प्रचण्डले १० दिनपछि सुरुङ (टनेल) बाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषजनक भए पनि समयमै प्रभावकारी कदम चाल्न नसक्दा ठूलो मानवीय क्षति भएको बताउनुभयो ।

‘१० दिनपछि टनेलबाट दुई जनाको सकुशल उद्धार हुनु सन्तोषको कुरा हो। तर, समयमै उद्धार कार्य तीव्र बनाएको भए अझ धेरैको ज्यान बाँच्ने रहेछ। विपद् व्यवस्थापनमा सरकार अझ बढी जिम्मेवार हुनुपर्छ,’ उहाले भन्नुभयो । विगत २३ वर्षदेखि सरकारले नै निजामती सेवा दिवसमा उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गर्दै आएको परम्परा स्मरण गर्दै प्रचण्डले विपद्को बहानामा कार्यक्रम नै स्थगन गर्नु गलत भएको बताउनुभयो । केही दिन सारेर भए पनि कर्मचारीलाई पुरस्कृत गरी मनोबल बढाउनुपर्ने उनको भनाइ थियो । ‘आपत–विपद्को बेला हामीलाई कर्मचारी र सुरक्षा निकायको सहयोग झन् बढी चाहिन्छ। कार्यक्रम केही दिन सारेर भए पनि उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्नुपथ्र्यो। स्थायी सरकारका रूपमा रहेका कर्मचारीलाई अहिले प्रोत्साहित गर्ने बेला हो,’ उहाले भन्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अरबी हत्या प्रकरण : साढे दुई वर्षसम्म प्रहरीले किन लिएन जाहेरी?

काठमाडौं , भदौ २०। बाँकेको नेपालगञ्ज २१ बिर्ताका आरबी खाँको हात्यामा संलग्न दोषिलाई कारबाही गर्न आमा राविया खाँले माग गरेकी छन् । शनिबार राजधानीमा पत्रकार

शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरण हुन सकेन, संस्थागत स्मृतिको अभाव : सुवेदी

काठमाडौं , भदौ २०। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलनको इतिहास दस्तावेजीकरणमा संस्थागत स्मृतिको अभाव देखिएको बताउनुभएको छ ।सुवेदीद्वारा लिखित पुस्तक ‘शिक्षक

कर्मचारीतन्त्रलाई तर्साएर होइन, उत्प्रेरित गरेर काम लिनुपर्छ : प्रचण्ड

काठमाडौं , भदौ २०। नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद् तथा संकटको घडीमा कर्मचारीतन्त्रलाई त्रसित बनाएर नभई उत्प्रेरित र जिम्मेवार बनाएर परिचालन

दमकमा रथयात्रा, केके भयो ? केके देखियो ?

यस वर्षको रथयात्रा अघिल्ला वर्षभन्दा भावुकसमेत बनेको थियो। आयोजकले रासुवास्थित भोटेकोशीमा आएको बाढीमा परी दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जलीस्वरूप ठाउँ–ठाउँमा आरती आयोजना गरेको थियो।

बाढी पीडितका लागि ईयूद्वारा ८२ टन राहत सामग्री र थप ५ लाख युरो सहयोग

काठमाडौं ,२० भदौ। विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ ईयू ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री

अपर त्रिशूली १ बाट थप एक विदेशीको जीवितै उद्धार

नुवाकोट ,२० भदौ। अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङ भित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको