गोरखाको चुमनुब्रीमा लेदोसहितको भीषण बाढी: चार घर, जलविद्युत् र झोलुङ्गे पुलमा क्षति

   गोरखा, भदौ २१ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सिमा भई बग्ने थोराङ खोलामा आज बिहान करिब साढे ३ बजेतिर आएको लेदोसहितको बाढीले चार वटा घर, एउटा जलविद्युत् आयोजना र एउटा झोलुंगे पुलमा क्षति पुर्‍याएको छ।वडा नम्बर ४ नाम्रुङका अध्यक्ष पेमा ग्यलपो लामाले सेतोपाटीलाई दिएको जानकारीअनुसार बाढीले तीन वटा घर पूरा बगाएको छ भने एउटा घरमा क्षति पुगेको छ।साथै एउटा जलविद्तयुत आयोजना र झोलुंगे पुलमा पनि क्षति पुगेको छ।१०० किलोवाट क्षमताको नाम्रुङ-थेराङखोला लघुजलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए। यो आयोजना करिब ७ करोड लगानीमा बनेको थियो।

‘यो आयोजनाबाट ४० घरघुरीले बिजुली प्रयोग गर्दै आएका थिए, बाढीले आयोजनाको ड्याम फुटेको छ भने आयोजनाको अन्य संरचनामा क्षति पुर्‍याएको छ,’ उहाले भन्नुभयो । उहाका अनुसार अर्को १५ किलोवाट क्षमताको जलविद्युत आयोजना भने निर्माण सम्पन्न भइसकेको थिएन। यो आयोजनामा पनि केही क्षति पुगेको छ।नाम्रुङका नुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो।बाढीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।खोलाको मुहानी भेगतिर केही बेर थुनिएर लेदोसहित आएको बाढीले क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । खोला बूढीगण्डकीसँग मिसिने हुँदा बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक