जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकार त्यहीँ पुग्छ : मुख्यमन्त्री किरण थापा मगर

काठमाडौं, भदौ २१ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्वपूर्ण पूर्वाधार निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। उहाँले “जनताको आवश्यकता जहाँ छ, प्रदेश सरकारको उपस्थिति त्यहीँ हुनुपर्छ” भन्ने प्रतिबद्धतासहित सरकार अघि बढिरहेको उल्लेख गर्नुभएको छ।मुख्यमन्त्री थापा मगरका अनुसार बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, नुवाकोटको सक्रियतामा नुवाकोटस्थित देवीघाटमा तुईन जडान गरी सञ्चालनमा ल्याइएको छ।तुईन सञ्चालनमा आएसँगै त्रिशूली नदी वारिपारि आवतजावत गर्न तथा स्थानीयस्तरमा खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ। “विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्छन्,” मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ।

उहाँले जनताको आवश्यकता र सहजताका लागि प्रदेश सरकार निरन्तर काम गरिरहेको बताउँदै आवश्यकताअनुसार यस्ता पूर्वाधार निर्माण तथा सञ्चालनलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभएको छ। ‘विपद्, अभाव र कठिनाइका समयमा जनताको दैनिक जीवनलाई सहज बनाउने यस्ता काम सानो देखिए पनि जनजीवनमा ठूलो अर्थ राख्ने पूर्वाधार निर्माण र सञ्चालनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ’, उहाँले भन्नुभयाे ।देवीघाटमा तुईन जडान तथा सञ्चालनका लागि सक्रियता र समन्वयका साथ खटिनुभएका पूर्वाधार विकास कार्यालय, नुवाकोटका सम्पूर्ण कर्मचारी तथा प्राविधिकहरूलाई उहाँले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।भाेटेकाेशी र त्रिशूली नदीकाे बाढीले पुल बगाए पछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयवासीका लागि तुईन सञ्चालनमा आएसँगै दैनिक आवतजावत तथा अत्यावश्यक सामग्री ओसारपसारमा प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक