४० वर्षको उमेरमा पनि मोड्रिचको खेल जीवन निरन्तर, नेसन्स लिग खेल्ने घोषणा

काठमाडौं , भदौ २१। क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जिवनलाई निरन्तर राख्ने निर्णय गर्नुभयो । फिफा विश्वकपपछि उमेरका कारण राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने आंकलन गरिएका बेला उनले यस्तो निर्णय गरेका हुन् । क्रोएसियाली फुटबल महासंघका अनुसार ४० वर्षीय मोड्रिचले यूईएफए नेसन्स लिगका आगामी खेलका लागि राष्ट्रिय टोलीमा उपलब्ध हुने जानकारी दिनुभयो । उहाले प्रशिक्षक स्लाभेन बिलिच र महासंघका अध्यक्ष मारिजान कुस्टिचलाई आफू राष्ट्रिय टोलीका लागि उपलब्ध रहने बताउनुभएको छ ।

मोड्रिचले चेकिया, स्पेन र इंग्ल्यान्डविरुद्ध हुने नेसन्स लिगका खेल खेल्नेछन् । उहाले हालसम्म क्रोएसियाका लागि २०२ खेल खेलिसक्नुभएको छ । मोड्रिच हाल इटालियन क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेलिरहनुभएको छ । जारी सिजनमा उहाले दुई खेल खेल्नुभएको छ । यस वर्षको फिफा विश्वकपमा मोड्रिचले क्रोएसियाको कप्तानी गर्नुभएको थियो । क्रोएसिया अन्तिम ३२ को चरणबाट पोर्चुगलसँग पराजित हुँदै बाहिरिएको थियो । प्रतियोगिताका चार खेलमा मोड्रिचले पाँच गोल अवसर सिर्जना गर्दै एक असिस्ट गर्नुभएको थियो । २०२६÷२७ को यूईएफए नेसन्स लिग सेप्टेम्बर २४ देखि सुरु हुँदैछ । क्रोएसिया सन् २०१८ को विश्वकप उपविजेता हो भने सन् २०२२÷२३ को नेसन्स लिगमा पनि स्पेनसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रौतहटका नाकामा तस्करीको आरोप, सशस्त्र प्रहरी नेतृत्वमाथि प्रश्न

रौतहट , २१ भदौ । रौतहटका सीमा नाकामा पछिल्ला दिनमा तस्करी बढेको आरोपसँगै सशस्त्र प्रहरी नेतृत्वमाथि प्रश्न उठेको छ। भदौ लागेसँगै नयाँ गणपतिका रूपमा आएका

नयां नेतृत्व चयनको दौडमा किरात राई यायोक्खा झापा

झापा बिर्तामोड ,२१ भदौ । झापाको बिर्तामोडमा किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशन सुरु भएको छ। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन

४० वर्षको उमेरमा पनि मोड्रिचको खेल जीवन निरन्तर, नेसन्स लिग खेल्ने घोषणा

काठमाडौं , भदौ २१। क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जिवनलाई निरन्तर राख्ने निर्णय गर्नुभयो । फिफा विश्वकपपछि

भदौ २२ देखि आईपीओ निष्कासन गर्दै बेनी हाइड्रोपावर

काठमाडौं ,२१ भदौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार

विपद् पुनर्निर्माण र जलवायु परिवर्तनका मुद्दामा सहकार्य गर्न नेपाल र कोरिया सहमत

काठमाडौं , भदौ २१ । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि सुरक्षित जग्गा खोजिँदै

काठमान्डौ,२१ भदौ । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित परिवारको पुनःस्थापनाका लागि सरकारले सुरक्षित स्थानमा जग्गा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला