रौतहट , २१ भदौ । रौतहटका सीमा नाकामा पछिल्ला दिनमा तस्करी बढेको आरोपसँगै सशस्त्र प्रहरी नेतृत्वमाथि प्रश्न उठेको छ।
भदौ लागेसँगै नयाँ गणपतिका रूपमा आएका एसपी चेतराज जोशी र गौरस्थित गुल्मका डीएसपी दुर्गा भट्टको मिलेमतोमा तस्करी बढेको स्रोतको दाबी छ।
मातहतका बीओपीलाई समेत ‘अलि–अलि नदेखेजस्तो गर्नु’ भन्दै तस्करीमा सहजीकरण गर्न दबाब दिने गरिएको स्रोतको आरोप छ।
केही दिनअघि मात्रै छिन्नमस्ता बाहिनीको निर्देशनमा ईशनाथ–औरैयाबाट ३५ लाख रुपैयाँभन्दा बढीको सामान बरामद भएको थियो। बाहिनीको निर्देशनपछि मात्रै गणपति जोशीले चासो देखाएको स्रोतको दाबी छ।
यसअघि पनि रौतहटमा ६ सय किलो चिनी प्रकरणमा तत्कालीन गणपति सन्तोषकुमार बस्नेत फिर्ता बोलाइएका थिए।









