नेप्से सूचकांक बढेर मात्र हुँदैन, पुँजी बजारको प्रभाव उत्पादन र रोजगारीमा देखिनुपर्छ: सीएनआई अध्यक्ष पाण्डे

काठमाडौं , भदौ २१। नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले पुँजी बजारलाई केवल सेयर कारोबारको माध्यमका रूपमा नभई उद्योग, पूर्वाधार, ऊर्जा, कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा दीर्घकालीन पुँजी परिचालन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।उहाले भने, ‘पुँजी बजारको वास्तविक उद्देश्य बचतलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्नु हो । आज लाखौँ नेपाली नागरिकले आफ्नो आम्दानीबाट बचत गरिरहेका छन् । पुँजी बजार त्यही छरिएको बचतलाई उद्योग, पूर्वाधार, ऊर्जा, कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा दीर्घकालीन पुँजीका रूपमा परिचालन गर्ने माध्यम बन्नुपर्छ । त्यस अर्थमा पुँजी बजार केवल वित्तीय बजार मात्र नभई नेपालको औद्योगिकीकरण र आर्थिक रूपान्तरणको वित्तीय पूर्वाधार पनि हो ।’

उहाले पुँजी बजारलाई नेपालको औद्योगिकीकरण र आर्थिक रूपान्तरणको वित्तीय पूर्वाधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल लामो समयदेखि रेमिट्यान्स, उपभोग र आयातमा आधारित आर्थिक वृद्धिमा निर्भर रहेको उल्लेख गर्दै पाण्डेले अब लगानी, उत्पादन, उत्पादकत्व, नवप्रवर्तन र निर्यातमा आधारित आर्थिक वृद्धितर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ ।‘अब उद्योग विस्तार, पूर्वाधार निर्माण, कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण, पर्यटनको विस्तार र सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रलाई नयाँ आर्थिक वृद्धिको इन्जिन बनाउन आवश्यक छ,’ उहाले भन्नुभयो ।पाण्डेका अनुसार मुलुकमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न पनि दीर्घकालीन र ठूलो परिमाणको पुँजी आवश्यक छ । बैंकिङ प्रणाली नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भए पनि बैंकिङ ऋणले मात्र पूर्वाधार, उद्योग तथा दीर्घकालीन परियोजनाको सम्पूर्ण वित्तीय आवश्यकता पूरा गर्न नसक्ने उहाले बताउनुभयो ।

त्यसैले बैंकिङ प्रणालीसँगै पुँजी बजारलाई आर्थिक विकासको अर्को प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने उहाको भनाइ छ । सीएनआईले अघि सारेको १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न फराकिलो, विविधीकृत, विश्वसनीय र दीर्घकालीन पुँजी बजार आवश्यक रहेको पाण्डेले बताउनुभयो ।नेपालको पुँजी बजारमा पछिल्ला वर्षमा भएको विस्तारलाई सकारात्मक रूपमा लिनुपर्ने पाण्डेले बताउनुभयो । उहाको अनुसार हाल नेपालमा ७५ लाखभन्दा बढी डिम्याट खाता तथा ६५ लाखभन्दा बढी ‘मेरो सेयर’ प्रयोगकर्ता छन् ।उहाले भन्नुभयो , ‘हामीले हासिल गरेको प्रगति पनि उल्लेखनीय छ । यस क्रममा नेपालको पुँजी बजारले पछिल्ला वर्षमा गरेको विस्तारलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ । आज पनि ७५ लाखभन्दा बढी डिम्याट अकाउन्ट्स र ६५ लाखभन्दा बढी मेरो सेयरको युजर हुनु आफैँमा ठूलो परिवर्तन हो । एक दशक अघिको अवस्थासँग तुलना गर्दा यो ठूलै उपलब्धि हो ।’

नेपालको सेयर बजारको कुल बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ६६ प्रतिशत पुगेको उल्लेख गर्दै उनले पुँजी बजार अब अर्थतन्त्रको सीमित हिस्सा नभई महत्वपूर्ण अंग बनिसकेको बताए । तर बजार विस्तारलाई केवल नेप्से सूचकांकको वृद्धिका आधारमा मूल्यांकन गर्न नहुने उहाले बताउनुभयो ।उहाले भन्नुभयो , ‘यसैगरी हालसम्म नेपालको सेयर बजारको कुल बजार पुँजीकरण जीडीपीको करिब ६६ प्रतिशतको हाराहारीमा पुगेको छ । यसले देखाउँछ पुँजी बजार अब नेपालको अर्थतन्त्रको सीमान्त हिस्सा रहेन, यो अर्थतन्त्रकै महत्वपूर्ण अङ्ग बनिसकेको छ ।’पुँजी बजारको विस्तारले वास्तविक अर्थतन्त्रमा प्रभाव पार्नुपर्नेमा जोड दिँदै उनले पुँजी बजार बढिरहेको तर त्यसको प्रभाव उत्पादन, रोजगारी र लगानीमा नदेखिए विकास अधुरो हुने बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक