हंसे दुम्से सामुदायिक वनको अध्यक्षमा योगराज दंगाल विजयी

हंसे दुम्से सामुदायिक वनका करिब १ हजार ९३ घरधुरी उपभोक्ता सदस्यबाट १२६ जना परिषद् सदस्यले निर्वाचन प्रक्रियामा सहभागिता जनाएका थिए।

 

दमक, २१ भदौ । दमकको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा योगराज दंगाल निर्वाचित हुनुभएको छ।

राप्रपा दमक–२ का वडाध्यक्षसमेत रहनुभएका दंगालले नेपाली कांग्रेसका वडा सभापतिसमेत रहनुभएका भागवत दुलाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो।

निर्वाचनमा दंगालले ७५ मत प्राप्त गर्दा पराजित दुलालले ४४ मत प्राप्त गर्नुभयो। दुलाल यसअघि करिब १० वर्षदेखि यही समितिको कार्यसमिति सदस्यका रूपमा रहेर काम गरिसक्नुभएको थियो।

दमक फन पार्कका सञ्चालकसमेत रहनुभएका दंगाललाई राप्रपासहित नेकपा एमाले, नेकपा तथा अन्य दलको समेत समर्थन रहेको थियो। दुलाल भने नेपाली कांग्रेसको तर्फबाट समर्थनमा उम्मेदवार बन्नुभएको थियो।

यस्तै, उपाध्यक्षमा नन्दीकेश्वर दंगाल निर्वाचित हुनुभएको छ। दंगालले ६३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी चन्द्रवीर विश्वकर्माले ५७ मत प्राप्त गर्नुभयो। ६ मतको अन्तरले दंगाल विजयी हुनुभएको हो।

सचिवमा अध्यक्ष दंगालकै प्यानलका उम्मेदवार शुष्मा देवी अधिकारी ७१ मत प्राप्त गरी विजयी हुनुभयो। उहाँकी प्रतिस्पर्धी टुका कुमारी बस्नेत अधिकारीले ४८ मत प्राप्त गर्नुभयो।

उपसचिवमा पनि दंगालकै प्यानलका मनोज बस्नेत विजयी हुनुभएको छ। उहाँले ४४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धीहरू चुडेम्बर कुमार खड्का र टंकप्रसाद सापकोटा क्रमशः ३९ र ३७ मत प्राप्त गर्नुभयो।

त्यसैगरी, कोषाध्यक्षमा अध्यक्ष दंगालकै प्यानलका मायादेवी कोइराला (सिग्देल) विजयी हुनुभएको छ। उहाँले ७० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कल्पना राईले ५१ मत प्राप्त गर्नुभयो।

लेखा समितिको संयोजकमा ठाकुरप्रसाद लुइँटेल ६४ मत प्राप्त गरी विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी श्यामप्रसाद आचार्यले ५२ मत प्राप्त गर्नुभयो।

हंसे दुम्से सामुदायिक वनका करिब १ हजार ९३ घरधुरी उपभोक्ता सदस्यबाट १२६ जना परिषद् सदस्यले निर्वाचन प्रक्रियामा सहभागिता जनाएका थिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री बीच टेलिफोन वार्ता

काठमाडौं,२२ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदम बीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको

पानीको बहाव दुई लाख क्युसेक नाघ्यो

काठमाडौं,२२ भदौ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा

सरकारप्रति मिश्रित प्रतिक्रिया र परीक्षाको चरणमा नयाँ पुस्ता

काठमाडौं ,२२ भदौ ।  जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु

भूतपूर्व सैनिक संगठन दमकले गर्याे बाढीपीडितका लागि १ लाख २५ हजार आर्थीक सहयोग

झापा दमक ,२२ भदौ । भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमक, झापा ले रसुवा–भोटेकोशी बाढीपीडितका लागि रु .१ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता

अन्तर्राष्ट्रिय पत्रकारद्वारा प्रभावित क्षेत्रको अवलोकन

एजेन्सी,२२ भदौ । अन्तर्राष्ट्रिय पत्रकारहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन।उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनःस्थापना

राष्ट्रपति पौडेलद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

नुवाकोट ,२२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नु भएको छ