बाढी र पहिरोले तहसनहस रसुवा, नुवाकोट र धादिङको जनजीवन पुनःस्थापनाको संघर्ष

काठमाडौँ,२१ भदौ । विनाशकारी आकस्मिक बाढी र पहिरोपछि रसुवा, नुवाकोट र धादिङ लगायतका बासिन्दा तहसनहस भएको जीवन पुनःस्थापित गर्न र आधारभूत सेवा सञ्चालनमा ल्याउन संघर्ष गरिरहेका छन् ।चीनसँगको सीमाक्षेत्रमा हिमनदी खस्दा आएको बाढीले घर, पुल तथा सीमा क्षेत्रमा रहेका बस्तीहरू नै बगाएको थियो।त्रिशूली क्षेत्रमा मात्रै बाढीले पानी, ढुंगा र गेग्रान सहितको भीषण भेल ल्याउँदा करिब तीन सय घर क्षतिग्रस्त भएका छन् । आफ्ना आफन्त गुमाएका परिवार शोकमा छन् भने धेरै स्थानीय अझै बेपत्ता छन् । बाँचेकाहरूले घरका सामान, पैसा र लत्ताकपडासमेत गुमाएका छन् । पसल सञ्चालकहरूले केही मिनेटमै आफ्नो सम्पूर्ण सामान बाढीले बगाएको देख्नुपरेको छ ।

 

विपद्का कारण विद्यालय गएका बालबालिका घर फर्कन सकेका छैनन् । धेरै परिवार औषधि र खाद्यान्नको पहुँचबाट समेत वञ्चित भएका छन् भने इन्धन आपूर्तिसमेत अवरुद्ध भएको छ ।त्रिशूली नदीमाथिका पुलहरू बाढीले बगाएपछि पूरै समुदाय दुईतर्फ विभाजित भएका भएका छन् । बाढीका कारण छुट्टिएका गाउँहरूलाई पुनः जोड्न अहिले जिपलाइन निर्माण गर्ने काम भइरहेको छ । यसबाट बिस्तारै आवतजावत सहज बन्दै गएको छ ।स्थानीय बासिन्दा मैसिङ तामाङले भन्नु भयो, ‘यसले अवस्था केही राम्रो बनाउनेछ भन्ने हामी सबैको आशा छ ।’

 

अर्की स्थानीयवासी सूर्यकुमारी तामाङले भन्नु भयो,‘हामीले लामो समय पर्खनुपर्छ, तर यसले धेरै सहयोग पुगेको छ ।’अर्का स्थानीयवासी सुमन सिंहले भन्नु भयो गाउँमा सवारीसाधनको आवतजावत सहज हुने अपेक्षा गर्नु भएको छ।उपत्यकाको माथिल्लो क्षेत्रमा नेपाली सेना अस्थायी पुल निर्माण गरी आवतजावत पुनः सञ्चालन गराउने काममा तीव्रताका साथ जुटेको छ । यता, प्राविधिक टोलीले लामो समयदेखि अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न र टेलिफोन सम्पर्क पुनःस्थापित गर्न काम गरिरहेको छ ।

 

तर ठूलो मात्रामा भौतिक संरचना र सम्पत्ती नष्ट भएकाले पूर्ण पुनर्निर्माण तत्कालै सम्भव देखिँदैन । अहिलेका लागि बाढीपीडित स्थानीयका लागि जीवनलाई सामान्य अवस्थामा फर्काउनु नै सबैभन्दा ठूलो चुनौती बनेको छ।सीसीटीभीप्लस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक