मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना : ५ को मृत्यु, ५ घाइते

काठमाडौं ,२२ भदौ। अमेरिकाको फ्लोरिडा स्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन ।स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।मियामी–डेड फायर रेस्क्यु प्रमुख राइड ‘रे’ जदाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ भने अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विमानले ठक्कर दिएका केही सवारीभित्र मानिस फसेका थिए, जसलाई उद्धारकर्मीले बाहिर निकालेका थिए ।

 

दुर्घटनापछि ६० भन्दा बढी दमकल तथा उद्धार टोली परिचालन गरिएको थियो । घटनास्थलमा इन्धन चुहावट भएपछि आगो नियन्त्रणसँगै सुरक्षाको काम जारी राखिएको अधिकारीहरूले बताएका छन।अमेजनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना जनाएको छ । कम्पनीले विमान अवतरणको प्रयासका क्रममा दुर्घटना भएको उल्लेख गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ । दुर्घटनामा परेको विमान ३२ वर्ष पुरानो बोइङ ७६७ रहेको र यो पोर्टो रिकोको सान जुआनबाट मियामी आएको बताइएको छ ।संघीय उड्डयन प्रशासन एफएए का अनुसार विमानले ९ हजार फिटभन्दा लामो रनवे ३० मा अवतरण गर्ने क्रममा रनवे पार गरेको थियो । दुर्घटनापछि रनवेमा रहेका अवरोध हटाउने काम गरिएको छ ।

 

रनवेमा ठूलो भग्नावशेष नभेटिए पनि विमानले बाहिरिने क्रममा नेभिगेसन उपकरणमा क्षति पु¥याएको अधिकारीहरूले जनाएका छन् । एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्ड ९एनटीएसबी० ले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेका छन् । विमानस्थलको ग्राउन्ड स्टप हटाइएको भए पनि रनवेमा विमान अड्किएकाले सोमबारसम्म केही उडानमा ढिलाइ हुने एफएएले जनाएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक