ताप्लेजुङमा ट्रयाक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता

ताप्लेजुङ , २२ भदौ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको ३ हाङपाङदेखि गरिएको ट्र्याक्टर पल्टिँदा मैवाखोलामा २ जना बेपत्ता भएका छन।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा चालक समीर बराइली र ट्र्याक्टरमा सवार अनिल नाल्बो रहनु भएको छ। सोमबार बिहान २ः४० बजे आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्र्याक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिब १५ मिटर तल खसी मैवाखोलामा पुगेको थियो ।

 

सडकबाट पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्र्याक्टरलाई झरेको स्थानबाट करिब २० मिटर तल खोलाले बगाई बगरमा देखिएको तर चालक बराइली र ट्र्याक्टरमा सवार नाल्बोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।उक्त घटनामा भएको जानकारी सोही ट्र्याक्टरमा सवार २४ वर्षीय समीर नाल्बोले इलाका प्रहरी कार्यालय दोभानलाई जानकारी गराएपछि परिचालित भएको प्रहरी टोलीले उक्त घटनाको प्रारम्भिक अध्ययन तथा जानकारी लिएको थियो ।थप अनुसन्धान तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक