रसुवा बाढीका मृतकप्रति मटिहानीमा मौनधारण र श्रद्धाञ्जली अर्पण

महोत्तरी ,२२ भदौ। नेपाल सरकारले देशभर शोक दिवस मनाउने क्रममा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति मटिहानी नगरपालिकाले श्रद्धाञ्जली अर्पण गरेको छ।मटिहानी नगरपालिकाको आह्वानमा सोमबार बिहान ११ बजे नगर क्षेत्रका विभिन्न स्थानमा एक मिनेट मौनधारण गरी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको हो।

 

नगरपालिकाको आह्वानअनुसार नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालय, मदरसा, सार्वजनिक स्थल लगायत विभिन्न स्थानमा रहेका नागरिक तथा कर्मचारीहरूले एक मिनेट मौनधारण गरेका थिए।सो क्रममा बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको थियो।

 

सरकारी कार्यालय, विद्यालय, मदरसा तथा अन्य सार्वजनिक स्थलहरूमा समेत एक मिनेटका लागि नियमित गतिविधि ठप्प गरी मृतकहरूप्रति सम्मान प्रकट गरिएको नगर प्रमुख हरि प्रसाद मण्डलले बताउनु भयो ।साथै नगरपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

सिरहा ,२६ कार्तीक। सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो

मृतक सबै ११ जनाको पहिचान खुल्यो

सर्लाही,२६ कार्तीक । सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु

सर्लाहीका एक युवकको मृत्यु, दाइ गम्भीर घाइते

सर्लाही,२६ कार्तीक । सर्लाहीको सडाहीस्थित सुन्दरपुरका निरस रायका २५ वर्षीय छोरा रामदुलार रायको मकवानपुरको भिमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी मृत्यु भएको छ।छठ पर्व

छठ मनाउन घर फर्कँदै गरेका यात्रु चढेको ईभी गाडी चिसापानीमा दुर्घटना

सर्लाही,२६ कार्तीक । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको दुःखद निधन भएको

जनकपुरमा सर्वसाधारणको घरमा बसेर रवि दम्पतीले छठ मनाउने

जनकपुर,२६ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उहाँकी धर्मपत्नी निकिता पौडेलले छठ पर्व जनकुरधाममा मनाउने हुनु भएको छ । उहाँहरुले छठ पर्वको

सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेट

काठमाडौँ ,२६ कार्तीक। नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिनु भएको छ ।पोखरा एभेन्जर्सविरुद्ध सानदार बलिङ गर्नु भएको

विराटनगरविरुद्ध युवराज सामराको अर्धशतक

काठमाडौं,२६ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ।युवराजले विराटनगर किङ्सका विरूद्ध