त्रिशूली–३ ‘बी’ का बेपत्ता व्यक्तिका परिवारद्वारा माइतीघरमा उद्धार तीव्र पार्न माग गर्दै प्रदर्शन

काठमाडौं ,२२ भदौ। नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले उद्धार कार्य तीव्र बनाउन माग गर्दै काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।प्रदर्शनमा सहभागी सुमन नयाँजूले उद्धार कार्यलाई अझै सशक्त र तीव्र बनाउन आफूहरू माइतीघरमा उपस्थित भएको बताउनु भयो ।

 

उहाँले भन्नु भयो,‘रेस्क्युलाई अझै सशक्त र फास्ट गर्नका लागि हामी यहाँ उपस्थित भएका हौँ । बाढीले धेरै ठाउँमा असर पारेको र भौगोलिक अवस्थाका कारण पनि उद्धारमा कठिनाइ भएको हुन सक्छ । तर स्रोत र साधन भए तत्काल सञ्चालन गर्ने र नभएको अवस्थामा पनि कहाँबाट उपलब्ध गराउन सकिन्छ भन्नेतर्फ सरकारले पहल गर्नुपर्ने थियो ।’उहाँले सुरुदेखि नै उद्धारका लागि उपलब्ध स्रोत–साधन परिचालन गर्नुपर्नेमा ढिलाइ भएको गुनासो गर्नु भयो।नयाँजूले भन्नु भयो,‘देश–विदेश सबैतिरबाट सहयोग गर्छु भन्दा पनि छैटौँ–सातौँ दिनसम्म सरकारले निजी क्षेत्रलाई आफैँ उद्धार गर्छु भन्दा पनि अनुमति दिनुभएको थिएन । सातौँ दिनपछि मात्रै निजी कम्पनीले पनि आफैँ उद्धार गर्न सक्छ भनेर हात उठाइदिएको अवस्था आयो । सुरुको दिनदेखि गर्नुपर्ने काम सातौँ–आठौँ दिनमा हुँदा धेरै ढिला भयो ।’

 

त्रिशूली–३ ‘बी’ मा उद्धारको काम निकै सुस्त रहेको दाबी गर्दै उहाँले भन्नु भयो,‘आजसम्म पनि त्रिशूली–३ ‘बी’ पूरै बिल्डिङ, हाउसहरू र अफिसहरू सबै पुरिएका छन् । त्यसमा काम पाँच प्रतिशत पनि भएको छैन । १० गते बाढी आएको भदौ २१–२२ गते भइसक्दा पनि पाँच प्रतिशत काम सुरु भएको छैन। अब तपाईंहरू आफैँ मूल्याङ्कन गर्नुहोस ।’सरकार चुक्यो कि चुकेन भन्ने प्रश्नमा उहाँले अहिले सरकारलाई दोष दिएर मात्र बस्नेभन्दा पनि बेपत्ता व्यक्तिको उद्धारमा तत्काल केन्द्रित हुनुपर्ने बताउनु भयो।

 

उहाँले सुरक्षा निकायले केही स्थानमा प्रभावकारी काम गरेको र जीवितै उद्धारसमेत गरेको स्वीकार गर्दै उपलब्ध स्रोत, प्रविधि र जनशक्तिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनु भयो।बेपत्ता परिवार तथा आफन्तलाई समेत उद्धार अभियानमा समेटेर अघि बढ्न उहाँले सरकारसँग अपिल गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक