भूतपूर्व सैनिक संगठन दमकले गर्याे बाढीपीडितका लागि १ लाख २५ हजार आर्थीक सहयोग

झापा दमक ,२२ भदौ । भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमक, झापा ले रसुवा–भोटेकोशी बाढीपीडितका लागि रु .१ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

दमकस्थित भूपू सैनिक भवनमा सोमबार आयोजित शोकसभा तथा आर्थिक सहयोग कार्यक्रम एवं पत्रकार सम्मेलनमा संगठनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष प्रेमबहादुर बेघा, सचिव श्रीप्रसाद राई र कोषाध्यक्ष फौदसिंह राईसहित करिब ५० जनाको उपस्थिति थियो ।

कार्यक्रममा श्री सौर्य चक्र सोरमान राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै असारसिंह खजुम लिम्बू, रविना शेर्मा खजुम लिम्बू, सु मे. टीका प्रसाद मुखिया र अ. क्या. ज्ञानबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्को समयमा पीडितलाई सहयोग गर्न सबैलाई आग्रह गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री बीच टेलिफोन वार्ता

काठमाडौं,२२ भदौ । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदम बीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको

पानीको बहाव दुई लाख क्युसेक नाघ्यो

काठमाडौं,२२ भदौ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा

सरकारप्रति मिश्रित प्रतिक्रिया र परीक्षाको चरणमा नयाँ पुस्ता

काठमाडौं ,२२ भदौ ।  जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु

भूतपूर्व सैनिक संगठन दमकले गर्याे बाढीपीडितका लागि १ लाख २५ हजार आर्थीक सहयोग

झापा दमक ,२२ भदौ । भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमक, झापा ले रसुवा–भोटेकोशी बाढीपीडितका लागि रु .१ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता

अन्तर्राष्ट्रिय पत्रकारद्वारा प्रभावित क्षेत्रको अवलोकन

एजेन्सी,२२ भदौ । अन्तर्राष्ट्रिय पत्रकारहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन।उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनःस्थापना

राष्ट्रपति पौडेलद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

नुवाकोट ,२२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नु भएको छ